News Portal

रेडियो सुन्नुहोस्

निशुल्क सिविरमा ७५ जनाको पाठेघरको शल्यक्रिया, १७ जना रिफर

झुलेनी नेटवर्क२०८२ जेठ २१
६५० पटक
२०८२ जेठ २१

विजुवारमा सञ्चालित एक हप्ते पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क सिविरमा ७५ जनाको शल्यक्रिया भएको छ ।

प्यूठानका ४७ जना, रोल्पाका १९ जना, गुल्मीका २ जना, रुकुमका ४ जना र अर्घाखाँचीका ३ जनाको शल्यक्रिया भएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरीक्षक कोषलराज वैद्यले जानकारी दिए ।

जिल्लामा भएको पूर्वाधारमा अपरेशन गर्न नसकिने १७ जनाको रिफर गरिएको छ । प्यूठानका १० जना, रोल्पाका ४ जना, गुल्मी, अर्घाखाची र रुकुमका १ १ जनाको रिफर गरिएको वैद्यले बताए ।

सिविरमा १ सय ८७ जनाले जाँच गराएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना र नेपालगञ्ज मेडिकल कलेजको सहयोगमा सिविर सञ्चालन भएको हो ।

गतवर्ष प्यूठानबाट रोल्पा लगेर ३९ जनाको शल्यक्रिया गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...