News Portal

रेडियो सुन्नुहोस्

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान

झुलेनी नेटवर्क २०८२ जेठ २८
८८७ पटक
२०८२ जेठ २८

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष १४ जुन मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अवसरमा दिवसको पूर्वसन्ध्यामा प्यूठानमा रक्तदान कार्यक्रम गरिएको हो ।
रगत दिऔं, आशा जगाऔं, सबै मिलेर जीवन जोगाऔं, भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरी बुधवार ९ जनाले रगतदान गरेको नेपाल स्वयंमसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले जानकारी दिए ।
रक्तदाता समाजले कोहि पनि विरामी रगतको अभावमा मर्न नपरोस भन्ने उद्देश्यले विभिन्न समयमा मानव बचाऔं अभियानमा सहयोग गर्दै आएको लामाले बताए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसन्चार केन्द्र प्यूठानको प्राविधिक सहयोग तथा नेपाल स्वयंमसेवी रक्तदाता समाज प्यूठानको आयोजनामा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि वि.सं. २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...