News Portal

रेडियो सुन्नुहोस्

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान

झुलेनी नेटवर्क २०८२ जेठ २८
७०१ पटक
२०८२ जेठ २८

२२ औं विश्व रक्तदाता दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष १४ जुन मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अवसरमा दिवसको पूर्वसन्ध्यामा प्यूठानमा रक्तदान कार्यक्रम गरिएको हो ।
रगत दिऔं, आशा जगाऔं, सबै मिलेर जीवन जोगाऔं, भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरी बुधवार ९ जनाले रगतदान गरेको नेपाल स्वयंमसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले जानकारी दिए ।
रक्तदाता समाजले कोहि पनि विरामी रगतको अभावमा मर्न नपरोस भन्ने उद्देश्यले विभिन्न समयमा मानव बचाऔं अभियानमा सहयोग गर्दै आएको लामाले बताए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसन्चार केन्द्र प्यूठानको प्राविधिक सहयोग तथा नेपाल स्वयंमसेवी रक्तदाता समाज प्यूठानको आयोजनामा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि वि.सं. २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...