News Portal

रेडियो सुन्नुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

झुलेनी नेटवर्क२०८२ असार १६
११४३ पटक
२०८२ असार १६

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।

झिमरुक गाउँपालिका वडा नं. २ गडेरपानीमा रहेको उक्त विद्यालय सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

उक्त विद्यालयमा ९५.८३ प्रतिशत विद्यार्थी ग्रेडेड भएको शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानले जनाएको छ । २४ विद्यार्थी रहेको विद्यालयमा २३ विद्यार्थी ग्रेडेड भएका हुन ।

गतवर्षको नतिजामा २ जना मात्र ग्रेडेड भएको उक्त विद्यालय यो वर्ष जिल्लामै उत्कृष्ट भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको समग्र नतिजामा ६७.५७ प्रतिशत नतिजा हासिल भएको जिल्लामै प्रथम र तृतिय स्थान झिमरुकका दुई विद्यालयले लिन सफल भएको भन्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सबैलाई धन्यवाद दिएका छन् ।

गाउँपालिकाको योजना एवं शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासले नतिजा सुधार भएको महतराको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...