News Portal

रेडियो सुन्नुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

झुलेनी नेटवर्क२०८२ असार १६
७७६ पटक
२०८२ असार १६

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।

झिमरुक गाउँपालिका वडा नं. २ गडेरपानीमा रहेको उक्त विद्यालय सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

उक्त विद्यालयमा ९५.८३ प्रतिशत विद्यार्थी ग्रेडेड भएको शिक्षा विकास तथा समन्वय ईकाई प्यूठानले जनाएको छ । २४ विद्यार्थी रहेको विद्यालयमा २३ विद्यार्थी ग्रेडेड भएका हुन ।

गतवर्षको नतिजामा २ जना मात्र ग्रेडेड भएको उक्त विद्यालय यो वर्ष जिल्लामै उत्कृष्ट भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको समग्र नतिजामा ६७.५७ प्रतिशत नतिजा हासिल भएको जिल्लामै प्रथम र तृतिय स्थान झिमरुकका दुई विद्यालयले लिन सफल भएको भन्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सबैलाई धन्यवाद दिएका छन् ।

गाउँपालिकाको योजना एवं शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासले नतिजा सुधार भएको महतराको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...