News Portal

रेडियो सुन्नुहोस्

प्याब्सन प्यूठानले जिल्लाका ९ वटै स्थानीय तहहरुलाई ज्ञापनपत्र बुझायो

झुलेनी नेटवर्क२०८२ साउन २९ गते
१२३१ पटक
२०८२ साउन २९ गते

निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनले जिल्लाका ९ वटै स्थानीय तहहरुमा ज्ञापन पत्र वुझाएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विद्येयक २०८० मा रहेका केहि प्रावधानप्रति असहमति जनाउँदै बिहिवार ज्ञापन पत्र वुझाएको प्याब्सन प्यूठानका सचिव सरद गौतमले जानकारी दिए ।

प्रस्तावित विधेकमा निजी विद्यालयलाई गैर नाफामुलक बनाउने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानहरुले निजी क्षेत्रको लगानी र भविष्यमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको सचिव गौतमले बताए । प्याब्सनले यी प्रावधानहरु अव्यवहारिक,लगानी प्रतिकुल र पूर्वाग्रही भएको आरोप लगाएको छ ।

प्याब्सनले जिल्लाका सवै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको हो । साउन ३० गते जिल्ला प्रशासन कार्यालय प्यूठान, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समिति प्यूठानलाई ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको प्याव्सनले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...