


निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सनले जिल्लाका ९ वटै स्थानीय तहहरुमा ज्ञापन पत्र वुझाएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको विद्येयक २०८० मा रहेका केहि प्रावधानप्रति असहमति जनाउँदै बिहिवार ज्ञापन पत्र वुझाएको प्याब्सन प्यूठानका सचिव सरद गौतमले जानकारी दिए ।
प्रस्तावित विधेकमा निजी विद्यालयलाई गैर नाफामुलक बनाउने र पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानहरुले निजी क्षेत्रको लगानी र भविष्यमाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको सचिव गौतमले बताए । प्याब्सनले यी प्रावधानहरु अव्यवहारिक,लगानी प्रतिकुल र पूर्वाग्रही भएको आरोप लगाएको छ ।
प्याब्सनले जिल्लाका सवै स्थानीय तहका प्रमुखहरुलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको हो । साउन ३० गते जिल्ला प्रशासन कार्यालय प्यूठान, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समिति प्यूठानलाई ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको प्याव्सनले जनाएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

