News Portal

रेडियो सुन्नुहोस्

वेसहारा दिदिवहिनीलाई ४ लाख वढि रकम हस्तान्तरण

सिखबर संवाददाता१३ माघ प्यूठान
१६६७ पटक
१३ माघ प्यूठान

वेसहारा दिदिवहिनीका लागि संकलित ४ लाख २९ हजार ७ सय ९४ रुपैया सनिवार उनिहरुकै घरमा पुगेर हस्तान्तरण गरिएको छ।

झिमरुक गाँउपालीका ४ वाँगेमरोठ सदनठुटाका तिन दिदिवहिनी १५ वर्षिय गंगा खड्का, ११ वर्षिय सलिना खड्का र ७ वर्षिय समिक्षा खड्कालाई पत्रकार केसर रोकाले अन्नपुर्ण पोष्टमा समाचार लेखेपछी संकलित उक्त रकम हस्तान्तरण गरिएको पत्रकार रोकाले वताए।

सहयोगिहरुमध्य सवैभन्दा धेरै पोखराका दिनवन्धु थापाले रु ३ लाख सहयोग गरेका छन्। सहयोग उठने क्रम अहिले पनि जारी रहेको छ।

अन्नपुर्णमा  ‘जब दैवलाई दया लागेन…वेसहारा वने दिदिवहिनी’ शिर्षकमा छापिएको समाचार-

प्युठान : झिमरुक गाउँपालिका–४ बांगेमरोठ सादनठुटाकी सावित्रा खड्का गर्भवती थिइन्। उनका चार छोरी हुर्किसकेका थिए। ०६८ साल फागुन ३१ गते उनले कान्छी छोरी समीक्षा जन्माइन्। तर, श्रीमान् हीराबहादुर खड्काले समीक्षाको अनुहार नै देख्न पाएनन्।

बिहान घरनजिकै भीरबाट लडेर उनको मृत्यु भयो। साँझ छोरी जन्मिइन्। पति गुमाउँदाको वियोग र छोरी जन्मिदाको प्रसव पीडा सावित्रालाई एकैदिन पर्‍यो। उनले आफूलाई जसोतसो सम्हाल्दै आइन्। पीडामै उनको दैनिकी गुजँदै बित्यो। तर, ‘निष्ठुरी कर्म’ तीन वर्षअघि उनी आफैं रोगले थला परिन्। चितवन पुगेर चेकजाँच गराउँदा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो। गरिबको झुपडीमा जन्मिएका खड्का परिवारमा यति जटिल रोगको उपचार गराउन सम्भव नै थिएन। जसोतसो गाउँलेले चन्दा जुटाएर उनलाई खुवाउने नियमित औषधि जोहो गरे। आर्थिक अभावले गर्दा उनले नियमित चेकजाँच गराउन सकिनन्। रोगले च्याप्दै गयो। अन्ततः ४२ वर्षको उमेरमा सावित्राको पुस ९ गते मृत्यु भयो।

पाँचौं छोरी जन्मिँदा पनि उनका छोरा भएनन्। जेठी र माइली छोरीको बिहे भइसकेको छ। विवाहित छोरीहरू तीन महिनादेखि परिवारको सम्पर्कमा छैनन्। १५ वर्षीया साइली छोरी गंगा, ११ वर्षीया सलिना र सात वर्षीया समीक्षा बुवाआमाको मृत्युपछि बेसहारा बनेका छन्। उनीहरू क्रमशः दस, पाँच र एक कक्षामा पढ्छन्। सानैमा बुवाआमाको माया पाउनबाट वञ्चित भएका तीन दिदीबहिनी वृद्ध माइला बुवासँग बस्दै आएका छन्। ‘पढाउने/लेखाउने कसरी होला’, माइलाबुवा खिमबहादुरले भने, ‘बुहारीलाई बचाउन जति कोसिस गरे पनि सकिएन।’

बुहारीको उपचारमा बादीकोटमा रहेका माइती परिवारले तीन लाख रुपैयाँभन्दा बढी ऋण खोजेर खर्च गरेको उनले सुनाए। गाउँमा गरिबी निवारण कोषबाट लिएको २७ हजार, चामल, नुनतेल किनेको दस हजार रुपैयाँ पसलमा बुझाउन बाँकी रहेको उनले सुनाए। ‘मेरै अवस्था कमजोर छ’, उनी भन्छन्, ‘यी छोरीहरूको भविष्य सोच्दा चिन्ता लाग्छ।’

एसईईको तयारीमा जुटेकी गंगा लक्ष्मी मावि बांगेफेदीमा पढ्छिन्। विद्यालयले सञ्चालन गरेको आवासीय कक्षामा बसेर उनले अतिरिक्त कक्षा लिँदै आएकी छन्। अतिरिक्त कक्षा पढ्दा लाग्ने शुल्क विद्यालयले ‘मिनाह’ गरिदिएको छ। ‘गंगा एसईईसम्म जसोतसो पढ्छिन्’, प्रधानाध्यापक कर्णबहादुर जीसीले भने, ‘उच्च शिक्षा पढ्ने कसरी ? ’ कक्षा १० मा पढ्ने सँगैका साथी र शिक्षकहरूले जुटाएको पाँच हजार रुपैयाँ किरिया खर्चबापत उपलब्ध गराएको जीसीले जानकारी गराए।

सलिना र समीक्षा गाउँकै भीमसेन आधारभूत विद्यालय बौडामा पढ्छन्। ‘बुवाआमा हुनेलाई त कति समस्या हुन्छ’, छिमेकी चन्द्रबहादुर जीसीले भने, ‘बेसहारा बनेका यी नानीहरूलाई कति पीडा होला ? ’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...