News Portal

रेडियो सुन्नुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी भ्रमण वर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

बाेमबहादुर परियार२०८२ भदाै १८ गते
८७५ पटक
२०८२ भदाै १८ गते

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने भएको छ ।
गाउँपालिका भित्रका धार्मिक एवं पर्यटकिय ठाउँलाई चिनाउन नेपाल पत्रकार महासंघ प्यूठानले प्रचार प्रसार गरी भ्रमण बर्षलाई सफल बनाउन सहकार्य गर्ने भएको हो ।
गौमुखी गाउँपालिका र नेपाल पत्रकार महासंघ प्यूठानले छलफल गरी सहकार्य गर्ने निर्णय गरेकाे नेपाल  पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भन्डारीले जानकारी दिए।  जिल्लाका पत्रकार र मिडियाहरुसंग छलफल गरी भ्रमण बर्षलाई सफल पार्न सहयोग र सहकार्य गर्ने उनले बताए ।

१ लाख पर्यटक गौमुखीमा भित्राउने गरी भ्रमण बर्ष मनाउन लागिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।
गौमुखी गाउँपालिकाभित्र गौमुखी ,बाइसमुल झरना,झाँक्री ढु‌‍‍ङ्गा , पुजा तामाखानी, गुफा, रानीताल, गोन्द्रेचौर, लगायत पर्यटकिय क्षेत्रहरु रहेका छन् । ७ वटा वडा रहेको गौमुखी गाउँपालिकाका विभिन्न पर्यटकिय गन्तव्यलाई चिनाउने गरी पालिकाले बजेट निर्माण गरेको पालिकाले जनाएकाे छ ।
पालिकाले भ्रमण बर्षका अवसरमा पर्यटकलाई ट्रेकिङ मार्फत गौमुखीका रमणीय दृश्य अवलोकन गराउने लक्ष्य लिएको छ । स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै, भ्रमण बर्ष सफल पार्न पत्रकारहरुको भुमिका महत्वपुर्ण रहने उपाध्यक्ष रानाकाे भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...