


निमतारा पोलिक्लिनिक प्रा.लि.बिजुवारले डेन्टल र आँखा उपचार सेवा विस्तार गरेको छ ।
बुबा निमानसिंह जि.सी र आमा तारा जि.सीको हातबाट आइतबार उद्घाटन गरी श्री कृष्ण आँखा उपचार केन्द्र र निमतारा डेन्टल क्लिनिक शुभारम्भ गरेको सञ्चालक डाक्टर सुवास जि.सीले जानकारी दिए ।
बिरामीहरुको सहजताका लागि एकैठाउँबाट विभिन्न स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यले थप सेवाहरु शुभारम्भ गरेको उनले बताए ।
प्यूठान जिल्लाको बिजुवारबाट विगत ३ वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको पोलिक्लिनिकले फिजियोथेरापी सेवा समेत सञ्चालन गर्ने याेजना बनाएकाे डाक्टर जि.सीको भनाई छ।
हाल पोलिक्लिनिकले दैनिक विशेषज्ञ सेवासहितको ओ.पि.डि सेवा , २४ सै घण्टा प्रयोगशाला, फार्मेसी, एक्सरे , भिडियो एक्सरे , बिरामी भर्ना सेवा समेत सञ्चालन गर्दै आएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

