News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

झुलेनी नेटवर्क२०८१ कार्तिक १२
७६३ पटक
२०८१ कार्तिक १२

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको रुपमा विकास गर्न लागिएको लुप्लुङ्गस्थित कुल घर र अन्य संरचना निर्माणका लागि हालसम्म ३० लाख रुपैयाँ सहयोग संकलन भएको निर्माण समितिका अध्यक्ष मधुसुदन भण्डारीले बताए । धनञ्जय ऋषिका सन्तान भनिने धनञ्जय गोत्रिय भण्डारीहरुको उद्गम स्थल लुप्लुङ्गमा पुरानै कुलघर रहेको ठाउँमा भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०८१/०८२ मा १७ लाख रुपैयाँको ठेक्का लगाएर उक्त संग्रहालय भवनको काम सुरु गरिएको थियो।

८.९ वर्गफिट आकारमा पौराणिक कला कौशलता झल्किने गरी घरको निर्माण भईरहेको छ । बुट्टा काटिएका ढोका र आँखी झ्याल राखिएको उक्त भवनको चारपाखे छानो डिजाईन गरिएको छ । भवनको ८० प्रतिशत काम सकिएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार भवनसंग जोडिएका मन्दिर र अन्य संरचनाहरु पनि पूननिर्माण भईरहेका छन् । समितिमार्फत अहिलेसम्म करिब ४० लाख रुपैयाँ खर्च भईसकेको छ ।

उक्त संग्रहालय भण्डारीहरुको कुलपुजासंग जोडिएको छ । जुम्ला .जिल्लाका सिंजा गाउँबाट दैलेखको रिजा हुँदै लुप्लुङ्ग आएपछि रिजालहरु भण्डारी भएको मानिन्छ । तत्कालित बाईसे–चौविसे राज्य अन्तरगत भित्रीकोट दरवारमा भण्डारीसंग जोडिएको विभिन्न प्रसंगपछि तत्कालित राजाले उपाधिस्वरुप भण्डारी थर राखिदिएको किंवदन्ती रहेको छ ।

धनञ्जय गोत्रका उनीहरुले शताब्दी अगाडिदेखि पुजाआजामा प्रयोग गर्दै आएका ऐतिहासिक सामाग्रीहरु संग्रहालयमा रहेका छन् । धनञ्जय ऋषिका मुर्तिहरु, खम्बा, भोकर, भार, झ्याली, चवर लगायत सयौँ वर्ष  अगाडीदेखिका सामाग्रीहरु छन् । ति सामाग्रीहरुलाई सुरक्षित राख्नको लागि संग्रहालय निर्माण गर्न लागिएको भण्डारी समाजका सल्लाहकार शोभाराम भण्डारीले बताए ।

पाँच वर्षपछि लुप्लुङको देवाली हुँदै 

५ वर्षको अन्तरमा हुने लुप्लुङ्गको देवाली यसवर्ष हुने भएको छ। जिल्लाको ठूलो अन्तरगत लुप्लुङ्गको देवालीलाई मानिन्छ । मंसिरको ११ र १२ गते देवालीको तिथि परेको छ । यसअघि ५ वर्षअघि देवाली भएको थियो। कुलघर संगै देवालीलाई लक्षित गरेर कुलमन्दिर समेत पुननिर्माण थालिएको छ । ऐतिहासिक संरचना र सम्पदा नविग्रने गरी पुनर्निमाण भईरहेको निर्माण समितिले जनाएको छ। लुप्लुङको देवालीमा १० हजार बढी बोकाको बली दिइन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...