News Portal

रेडियो सुन्नुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

२०८३ साउन २६ गते
११४ पटक
२०८३ साउन २६ गते

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको छ । भवन एक कार्यक्रमको आयोजना गरी मंगलबार हस्तान्तरण गरिएको हो ।
भवन हस्तान्तरणसँगै सडक पूर्वाधार विकास कार्यालय प्यूठानले आफ्नै नयाँ भवनबाट सेवा प्रदान गर्ने भएको छ ।

सहरी विकास, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत भवन निर्माण गरिएको हो। तामाकोशी–विजय जेभी, बेलवास–३, प्यूठानले निर्माणको जिम्मेवारी पाएको उक्त आयोजनाको सम्झौता २०७९ असोज १७ गते भएको थियो । सम्झौताअनुसार २०८१ साउन २६ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि म्याद थप गरेर निर्माण व्यवसायीले २०८३ साउन २२ गते भवन निर्माण सम्पन्न गरेको हो।


भवन ३ करोड ६ लाख ९६ हजार ९ सय ९३ रुपैयाँ ८४ पैसामा २ दशमलव ५ तले आरसीसी स्ट्रक्चर फ्रेमसहितको कार्यालय भवन निर्माण गरिएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानले जनाएको छ । सहरी विकास, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री डिल्लीराज भुसाल, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।

भवन निर्माण भएपछि सडक पूर्वाधार विकास कार्यालयको सेवा प्रवाह, योजना कार्यान्वयन, प्राविधिक अनुगमन तथा प्रशासनिक काम थप व्यवस्थित हुने अपेक्षा गरिएको सडक पूर्वाधार विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख सचितानन्द चौधरी जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, सरकारी कार्यालयका प्रमुख, निर्माण व्यवसायी, प्राविधिक कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...