News Portal

रेडियो सुन्नुहोस्

प्रजातन्त्र दिवस र निर्वाचन दिवस भव्यतापुर्वक मनाईयो

निस्पक्ष निर्वाचनले प्रजातन्त्र सवल वनाउछः वक्ताहरु

सिखबर संवाददाता७ फागुन, प्यूठान
१२८५ पटक
७ फागुन, प्यूठान

७० औं प्रजातन्त्र दिवस तथा चौथो निर्वाचन दिवसको अवसरमा प्यूठानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। विहान महेन्द्र मा.वि. खलंगावाट र्याली सुरु गरि जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारीक समारोह गरिएको थियो।

प्रजातन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख पदम के.सी.ले तत्कालिन परिस्थितीमा जनताले संघर्ष गरेर प्रजातन्त्र स्थापना गरेको स्मरण गर्दै निर्वाचनले प्रजातन्त्रमा जनताको सहभागिता मजवुत गराउने वताउनु भयो।

कार्यक्रममा वोल्दै मल्लारानी गाँउपालीकाका अध्यक्ष अमरध्वज रानाले मुलुकमा आजको परिवर्तनको जग प्रजातन्त्र स्थापनाको आन्दोलन भएको वताउनु भयो। प्रजातन्त्र स्थापनाको निम्ती वलिदानी दिने सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गदै उहाँले ईतिहासको ठिक मुल्यांकन गरि आजको परिस्थितीमा अगाडि वढनुपर्ने वताउनु भयो।

कार्यक्रमको समापन गर्ने क्रममा जिल्ला समारोह समितिका संयोजक आचार्यले आजको राजनीतिक उपलव्धिको ग्रहण गर्नुपुर्व ईतिहासको स्मरण र सहि कुराको सम्मान गर्नुपर्ने वताउनु भयो। साथै व्यवस्था मजवुत हुन निर्वाचनको महत्वपुर्ण भुमिका हुने वताउनु भयो।

हरि भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला न्यायधिस विष्णुप्रसाद गौतम, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला निर्वाचन अधिकृत, तिनवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधीहरु, निजामती कर्मचारी लगायतको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...