News Portal

रेडियो सुन्नुहोस्

प्रजातन्त्र दिवस र निर्वाचन दिवस भव्यतापुर्वक मनाईयो

निस्पक्ष निर्वाचनले प्रजातन्त्र सवल वनाउछः वक्ताहरु

सिखबर संवाददाता७ फागुन, प्यूठान
१२१९ पटक
७ फागुन, प्यूठान

७० औं प्रजातन्त्र दिवस तथा चौथो निर्वाचन दिवसको अवसरमा प्यूठानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। विहान महेन्द्र मा.वि. खलंगावाट र्याली सुरु गरि जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारीक समारोह गरिएको थियो।

प्रजातन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख पदम के.सी.ले तत्कालिन परिस्थितीमा जनताले संघर्ष गरेर प्रजातन्त्र स्थापना गरेको स्मरण गर्दै निर्वाचनले प्रजातन्त्रमा जनताको सहभागिता मजवुत गराउने वताउनु भयो।

कार्यक्रममा वोल्दै मल्लारानी गाँउपालीकाका अध्यक्ष अमरध्वज रानाले मुलुकमा आजको परिवर्तनको जग प्रजातन्त्र स्थापनाको आन्दोलन भएको वताउनु भयो। प्रजातन्त्र स्थापनाको निम्ती वलिदानी दिने सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गदै उहाँले ईतिहासको ठिक मुल्यांकन गरि आजको परिस्थितीमा अगाडि वढनुपर्ने वताउनु भयो।

कार्यक्रमको समापन गर्ने क्रममा जिल्ला समारोह समितिका संयोजक आचार्यले आजको राजनीतिक उपलव्धिको ग्रहण गर्नुपुर्व ईतिहासको स्मरण र सहि कुराको सम्मान गर्नुपर्ने वताउनु भयो। साथै व्यवस्था मजवुत हुन निर्वाचनको महत्वपुर्ण भुमिका हुने वताउनु भयो।

हरि भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला न्यायधिस विष्णुप्रसाद गौतम, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला निर्वाचन अधिकृत, तिनवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधीहरु, निजामती कर्मचारी लगायतको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...