News Portal

रेडियो सुन्नुहोस्

कोरोना विरुद्घ अनेरास्ववियूद्वारा विभिन्न कार्यक्रम सार्वजनिक

सिखबर संवाददाता१० चैत्र प्यूठान
१५६६ पटक
१० चैत्र प्यूठान

अनेरास्ववियू प्यूठानले कोरोना भाईरस COVID-19 को संक्रमणवाट जोगिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनावाट जोगिन मास्क वितरण, हात धुने सार्वजनिक स्थल निर्माण, वजार अनुगमनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने, सचेतना सम्वन्धि प्रचार सामाग्रि वितरण गर्ने लगायतका कार्यक्रम तय गरे विज्ञप्तीमार्फत जनाएको छ।

अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर केसिको अध्यक्षता र केन्द्रीय सदस्य सुमनराज श्रेष्ठ र विनोद भण्डारीको आथित्यतामा वसेको वैठकले सचेतना, प्रचारप्रशार, सहयोग र ध्यानाकर्षणका कार्यक्रमहरु तय गरि सार्वजनिक गरेको हो।

संगठनले आज १३०० थान माक्स वितरण गरेको र भोलि थप ५०० माक्स वितरण गर्ने तयारी गरेको छ। वाग्दुलामा यात्रु र सर्वसाधारणलाई लक्षित गरि सावुन पानिले हात धुने स्थल वनाउने, कोरोनाका लक्षण र वच्ने उपाय सहितका सन्देसमुलक पर्चा र व्यानर छपाई गर्ने र अत्यावश्यक सामाग्रीको अभाव र कालोवजारी रोक्न जिल्ला प्रशासन कार्यालय र सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय भएको छ।

निशुल्क मास्क वितरण
प्युठान जिल्ला कमिटीले आज जिल्लाका मुख्य बजारहरु जुम्री, क्वाडि लगायतका स्थानहरुमा निशुल्क 1300 पिस मास्क बितरण गरेको छ। नगरप्रमुख अर्जुनकुमार कक्षपती र पब्लिक इङलिस बोडिङ स्कुलको सहयोगमा नगरक्षेत्रमा मास्क वितरण गरिएको हो। नगरप्रमुख कक्षपतिले अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठ र बिनोद भण्डारीको उपस्थितिमा संगठनका संयोजक जाल बहादुर केसिलाई हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण लगत्तै अनेरास्ववियू प्युठानले सर्बसाधारणहरुलाइ निशुल्क मास्क बितरण गरेको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...