News Portal

रेडियो सुन्नुहोस्

कोरोना विरुद्घ अनेरास्ववियूद्वारा विभिन्न कार्यक्रम सार्वजनिक

सिखबर संवाददाता१० चैत्र प्यूठान
१६८२ पटक
१० चैत्र प्यूठान

अनेरास्ववियू प्यूठानले कोरोना भाईरस COVID-19 को संक्रमणवाट जोगिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनावाट जोगिन मास्क वितरण, हात धुने सार्वजनिक स्थल निर्माण, वजार अनुगमनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने, सचेतना सम्वन्धि प्रचार सामाग्रि वितरण गर्ने लगायतका कार्यक्रम तय गरे विज्ञप्तीमार्फत जनाएको छ।

अनेरास्ववियू प्यूठानका संयोजक जाल वहादुर केसिको अध्यक्षता र केन्द्रीय सदस्य सुमनराज श्रेष्ठ र विनोद भण्डारीको आथित्यतामा वसेको वैठकले सचेतना, प्रचारप्रशार, सहयोग र ध्यानाकर्षणका कार्यक्रमहरु तय गरि सार्वजनिक गरेको हो।

संगठनले आज १३०० थान माक्स वितरण गरेको र भोलि थप ५०० माक्स वितरण गर्ने तयारी गरेको छ। वाग्दुलामा यात्रु र सर्वसाधारणलाई लक्षित गरि सावुन पानिले हात धुने स्थल वनाउने, कोरोनाका लक्षण र वच्ने उपाय सहितका सन्देसमुलक पर्चा र व्यानर छपाई गर्ने र अत्यावश्यक सामाग्रीको अभाव र कालोवजारी रोक्न जिल्ला प्रशासन कार्यालय र सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय भएको छ।

निशुल्क मास्क वितरण
प्युठान जिल्ला कमिटीले आज जिल्लाका मुख्य बजारहरु जुम्री, क्वाडि लगायतका स्थानहरुमा निशुल्क 1300 पिस मास्क बितरण गरेको छ। नगरप्रमुख अर्जुनकुमार कक्षपती र पब्लिक इङलिस बोडिङ स्कुलको सहयोगमा नगरक्षेत्रमा मास्क वितरण गरिएको हो। नगरप्रमुख कक्षपतिले अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठ र बिनोद भण्डारीको उपस्थितिमा संगठनका संयोजक जाल बहादुर केसिलाई हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण लगत्तै अनेरास्ववियू प्युठानले सर्बसाधारणहरुलाइ निशुल्क मास्क बितरण गरेको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...