News Portal

रेडियो सुन्नुहोस्

नेकपाद्वारा वैशाख ४ गते वन्द लगायत संघर्षका कार्यक्रम घोषणा(विज्ञप्तीसहित)

सिखबर संवाददाताचैत्र २९
१६२७ पटक
चैत्र २९

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले वैशाख ४ गते वन्द लगायतका विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।

सरकारले आफ्नै कानुन, नियम र संविधानको उल्लंघन गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी पुर्वि कमाण्ड ईन्चार्ज विरहिले विज्ञप्ती जारी गरि संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको छ।

विज्ञप्तीमा भनिएको छ– ‘नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य किरण राईसहित ८ जनालाई पार्टीको वैठक वसिरहेका वेला चैत्र ५ गते धनकुटाको हिलेवजारवाट गिरफ्तार गरिएको थियो। उहांहरुलाई चैत्र २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोश सावित गर्दै रिहा गर्यो। तर, प्रहरिले तत्काल गिरफ्तार गरेर पुनः हिरासतमा राखेको छ। सरकार आफैले आफ्नो संविधान, कानुन र न्यायिक निकायको समेत खिल्लि उडाएको छ। त्यसले देशलाई जवरजस्त द्वन्दतर्फ धकेलिरहेको छ।’

कार्यक्रमहरुः
चैत्र ३० देखि वैशाख २ गतेसम्मः प्रचारप्रसार
वैशाख २ गतेः जनसंघर्ष
वैशाख ३ गतेः मसालजुलुस
वैशाख ४ गतेः पुर्वि कमाण्ड (साविकका अञ्चलहरु सगरमाथा, जनकपुर, कोशी र मेची) वन्द

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...