News Portal

रेडियो सुन्नुहोस्

नेकपाद्वारा वैशाख ४ गते वन्द लगायत संघर्षका कार्यक्रम घोषणा(विज्ञप्तीसहित)

सिखबर संवाददाताचैत्र २९
१२७२ पटक
चैत्र २९

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले वैशाख ४ गते वन्द लगायतका विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।

सरकारले आफ्नै कानुन, नियम र संविधानको उल्लंघन गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी पुर्वि कमाण्ड ईन्चार्ज विरहिले विज्ञप्ती जारी गरि संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको छ।

विज्ञप्तीमा भनिएको छ– ‘नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य किरण राईसहित ८ जनालाई पार्टीको वैठक वसिरहेका वेला चैत्र ५ गते धनकुटाको हिलेवजारवाट गिरफ्तार गरिएको थियो। उहांहरुलाई चैत्र २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोश सावित गर्दै रिहा गर्यो। तर, प्रहरिले तत्काल गिरफ्तार गरेर पुनः हिरासतमा राखेको छ। सरकार आफैले आफ्नो संविधान, कानुन र न्यायिक निकायको समेत खिल्लि उडाएको छ। त्यसले देशलाई जवरजस्त द्वन्दतर्फ धकेलिरहेको छ।’

कार्यक्रमहरुः
चैत्र ३० देखि वैशाख २ गतेसम्मः प्रचारप्रसार
वैशाख २ गतेः जनसंघर्ष
वैशाख ३ गतेः मसालजुलुस
वैशाख ४ गतेः पुर्वि कमाण्ड (साविकका अञ्चलहरु सगरमाथा, जनकपुर, कोशी र मेची) वन्द

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...