News Portal

रेडियो सुन्नुहोस्

दाउराको चिरपटले हानेर श्रीमानको हत्या

सिखबर संवाददाता ६ वैशाख
१३८१ पटक
६ वैशाख

श्रीमतीले दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ।
प्यूठानको माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ निवासी ४० बर्षिय गुमान सिंह अधिकारीको श्रीमती ३५ बर्षिय निशा अधिकारीले हत्या गरेकी हुन्।
माइति घर दाङको बंगलाचुली गाउँपालिका वडा नं ५ साकिनेमा बस्दै आएकी श्रीमतीलाई घर लिन गएको बेला सामान्य घरायसी विवाद भएको बेला श्रीमतीले दाउरााको चिरपटले घाउकोमा प्रहार गरेको बताईएको छ।
श्रीमतीको दाउरा प्रहारबाट गम्भिर घाइते भएका अधिकारीको गएराति कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
श्रीमती र सुसुराले मिलेर हत्या गरेको मृतक गुमान सिंह अधिकारीका भाई हेमराज अधिकारीले आरोप लगाएका छन्।
श्रीमतीले हानेको स्वीकारेको र ससुराले हानेको वा अन्य ब्यक्तिको संलग्न भएको वा नभएको भन्ने बिषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। पोष्टमार्टम कार्य बाँकी रहेको र पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...