News Portal

रेडियो सुन्नुहोस्

दाउराको चिरपटले हानेर श्रीमानको हत्या

सिखबर संवाददाता ६ वैशाख
११९३ पटक
६ वैशाख

श्रीमतीले दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ।
प्यूठानको माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ निवासी ४० बर्षिय गुमान सिंह अधिकारीको श्रीमती ३५ बर्षिय निशा अधिकारीले हत्या गरेकी हुन्।
माइति घर दाङको बंगलाचुली गाउँपालिका वडा नं ५ साकिनेमा बस्दै आएकी श्रीमतीलाई घर लिन गएको बेला सामान्य घरायसी विवाद भएको बेला श्रीमतीले दाउरााको चिरपटले घाउकोमा प्रहार गरेको बताईएको छ।
श्रीमतीको दाउरा प्रहारबाट गम्भिर घाइते भएका अधिकारीको गएराति कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
श्रीमती र सुसुराले मिलेर हत्या गरेको मृतक गुमान सिंह अधिकारीका भाई हेमराज अधिकारीले आरोप लगाएका छन्।
श्रीमतीले हानेको स्वीकारेको र ससुराले हानेको वा अन्य ब्यक्तिको संलग्न भएको वा नभएको भन्ने बिषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। पोष्टमार्टम कार्य बाँकी रहेको र पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...