News Portal

रेडियो सुन्नुहोस्

वडा सदस्यले दिए राजीनामा

सिखबर संवाददाता८ वैशाख,
३१३८ पटक
८ वैशाख,

प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्य पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।
स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित हुनुभएका घर्तीले वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै आफुले राजिनामा दिएको बताउनुभयो।
एकलौटी निर्णय हुने भएपछि हामी किन चाहियो उहाँले भन्नुभयो–“ उहाँले एकलौटी रुपमा चलाउनुहुन्छ , निर्णय पनि एकलौटी गर्नुहुन्छ उहाँकै हालीमुहाली होस्।” उहाँले वैशाख ५ गते राजिनामा दिनुभएको थियो ।
राजिनामाको बिषयमा वडा अध्यक्ष पदम प्रसाद भट्टराईले ५ गते राजिनामा दिएता पनि ३ दिन सम्म सम्पर्कमा बोलाउँदा नआउने, अनावश्यक बिरोध गर्ने भएकोले सोमबार राजिनामा स्वीकृत गरीदिएको बताउनुभयो। उहाँले नगरपालिकालाई राजिनामा स्वीकृत गरेको जानकारी गराएको समेत बताउनुभयो।
अध्यक्ष भट्टाईले आफुले एक्लै वडा अध्यक्ष जितेको र अन्य राष्ट्रिय जनमोर्चाका साथीहरुले जितेकोले आफुलाई हरेक काममा पेल्न खोजेकाले केहि बिषयमा विवाद भएता पनि छलफल गरेर अगाडि बढ्दै आएको बताउनुभयो। तत्कालिन माओबादी केन्द्रको तर्फबाट उम्मेद्वार भएका भट्टाईले वडामा आफ्नो टिमबाट एक्लै वडा अध्यक्षमा निर्वाचित भएका थिए। अन्य सदस्यहरु राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेद्वार भई निर्वाचित भएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...