News Portal

रेडियो सुन्नुहोस्

वडा सदस्यले दिए राजीनामा

सिखबर संवाददाता८ वैशाख,
२४९४ पटक
८ वैशाख,

प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्य पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।
स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित हुनुभएका घर्तीले वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै आफुले राजिनामा दिएको बताउनुभयो।
एकलौटी निर्णय हुने भएपछि हामी किन चाहियो उहाँले भन्नुभयो–“ उहाँले एकलौटी रुपमा चलाउनुहुन्छ , निर्णय पनि एकलौटी गर्नुहुन्छ उहाँकै हालीमुहाली होस्।” उहाँले वैशाख ५ गते राजिनामा दिनुभएको थियो ।
राजिनामाको बिषयमा वडा अध्यक्ष पदम प्रसाद भट्टराईले ५ गते राजिनामा दिएता पनि ३ दिन सम्म सम्पर्कमा बोलाउँदा नआउने, अनावश्यक बिरोध गर्ने भएकोले सोमबार राजिनामा स्वीकृत गरीदिएको बताउनुभयो। उहाँले नगरपालिकालाई राजिनामा स्वीकृत गरेको जानकारी गराएको समेत बताउनुभयो।
अध्यक्ष भट्टाईले आफुले एक्लै वडा अध्यक्ष जितेको र अन्य राष्ट्रिय जनमोर्चाका साथीहरुले जितेकोले आफुलाई हरेक काममा पेल्न खोजेकाले केहि बिषयमा विवाद भएता पनि छलफल गरेर अगाडि बढ्दै आएको बताउनुभयो। तत्कालिन माओबादी केन्द्रको तर्फबाट उम्मेद्वार भएका भट्टाईले वडामा आफ्नो टिमबाट एक्लै वडा अध्यक्षमा निर्वाचित भएका थिए। अन्य सदस्यहरु राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेद्वार भई निर्वाचित भएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...