News Portal

रेडियो सुन्नुहोस्

नदीमा डुबेर एक बालकको ज्यान गयो

सिखबर संवाददाता२० वैशाख
१३१४ पटक
२० वैशाख

लकडाउनको समयमा माछा मार्न माडी नदीमा गएका एक बालकको आज डुबेर ज्यान गएको छ ।
माछा मार्नका लागि साथीसंग गएका प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ बाटुलेका १० बर्षिय बालक आर्जु खत्री क्षेत्रीको माडी नदीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ। ज्ञान मन्दिर विद्या गृह खुंग्री रोल्पामा कक्षा १ मा अध्ययनरत खत्री बिहान करिब ११ बजेतिर माछा मार्न जान लागेका स्थानियहरुको पछि लागेर खोलामा गएको स्थानियले बताएका छन्। उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भिंगृका प्रमुख बुद्धि रानाले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...