News Portal

रेडियो सुन्नुहोस्

स्थानियद्वारा यात्रुलाई मास्क वितरण

सिखबर संवाददाताश्रावण १९, प्यूठान
१५११ पटक
श्रावण १९, प्यूठान

कोरोना भाइरस कोभिड १९ बाट जोगिन मास्क लगाउनुपर्छ भन्ने सन्देश दिन प्यूठान नगरपालिका ४ टारी भौकाका स्थानीयले यात्रुलाई माक्स वितरण गरेका छन् ।

सोमबार बिहानैबाट भौका चोकमा बसेर जुम्री–बिजुवार सडक खन्डमा मास्क वितरण गर्न थालेको स्थानीय यादब भण्डारीले वताउनुभयो । उहाले कोरोनाको महामारीमा जोगिन सबैले मास्क लगाउनु पर्छ भन्ने सन्देश दिनको लागि मास्क वितरण गरेको वताउनुभयो । सोमबार बिहानभरमा झन्डै ७ सय जनालाइ वितरण गरेको भण्डारीले बताउनुभयो ।

माक्स वितरण कार्यक्रममा प्रहरीले समेत सहयोग गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयसँग मिलेर यात्रुलाइ मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम गरेको प्रहरीले जनाएको छ । सडकमा बसेर मास्क वितरण गर्ने कार्यक्रमले कोरोना भाइरस कोभिड १९ लाइ नियन्त्रण गर्न सहयोग पुग्ने जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...