News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावले उपचार नभएपछि अस्पतालमै बालकको बिचल्ली

नोमराज पौडेल२६ श्रावण प्यूठान
१८१३ पटक
२६ श्रावण प्यूठान

भर्खरको १५ बर्षको उमेरको कलिलो बालक जिल्ला अस्पताल प्युठानको ईमरजेन्सी कक्षको १ नम्बर बेडमा छन्। उनको हातमा स्लाईन झुण्डाईएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियार आर्थिक अभावले गर्दा उपचार गर्न नसकि बेडमै लडिरहेका छन्। दुई महिना अगाडी उनको पेट दुखेर वान्ता भएपछि उनलाई जिल्ला अस्पताल बिजुवार ल्याईएको थियो। जिल्ला अस्पताल प्युठानका एम डि जि पी डा. सुनिल सुनारले उनको स्वास्थ्य परिक्षण गरेका थिए। शंकरलाई (necrotising pancreatitis with pseudocyst) रोगले संक्रमण गरेको डा. सुनिल सुनारले बताए। डा. सुनारका अनुसार यो पेटको आमाशयको एक प्रकारको संक्रमण हो।उनको अप्रेसन गर्नुपर्ने भएकोले जिल्ला अस्पताल प्युठानमा उपचार सम्भव नभएपछि उनलाई बाहिर जान डाक्टरले सुझाव दिएका छन्।

डाक्टरको सुझाव अनुसार उनको दाई सागर परियारले उनलाई बुटवलमा उपचार गराए। तर विरामीको अवस्थामा सुधार नभएपछी विर अस्पतालमा लैजानुपर्ने भएको हो। काठमाण्डौं लैजाने पैसा नभएपछि भाईलाई लिएर आफु घर फर्किएको बिरामी शकंरका दाई सागरले वताए।  दुइ महिनादेखी विरामी भएर उपचाररत रहेका उनको हालसम्म प्यूठानदेखी वुटवलसम्म विभिन्न ठाउँमा गरी एक लाख पचास हजार रुपैयाँ सकिएको उनका दाइ वताउछन। तर प्यूठान र वुटवलमा उनको उपचार सम्भव भएन्। औषधी लिएर घर आईयो सागरले आँखाभरि आँसु लिदै भने –‘‘ घरको बाख्रा भैसी सबै बेचियो म पनि इन्डियाबाट आएको ५ महिना भयो। खाना खाने पैसा समेत छैन्।’’

आइतबार शंकरलाई पुन ः वान्ता भएपछि रुदै रुदै ६० बर्षिय आमाले अस्पताल लैजान भनेपछि उनले घरजग्गा बन्दकमा राखेर भएपनि पैसा तिर्ने बाचा सहित गाउँको गाडि (जिप) मा राति ११ बजे जिल्ला अस्पताल विजुवार ल्याए।
१५ बर्षको कलिलो बालकको बिजोगको खबर थाहा पाएपछि उनको अवस्था बुझ्न म जिल्ला अस्पताल पुगेको थिए। डा. सुनिलले दुखाई कम गर्ने औषधी लेखेर यहाँ उपचार सम्भव नभएको दोह्राए। जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले पनि उनको अवस्थाको बिषयमा जानकारी लिए। डा. सुनिल सुनार र डा. अमृत पन्थीको सल्लाह अनुसार उनलाई छिटो भन्दा छिटो उपचारका लागि बाहिर लैजानुपर्ने बताउँछन्। ९ बर्ष अगाडि बुवाको निधन भयो। आमालाई काम गरेर पाल्नुपर्ने दायित्व यिनैमा छ। घरको एक जना दाई वेपत्ता छन्। भारतमा मजदुरी गरेका अरु ४ जना दाईहरु लक डाउनका कारण घरमा छन्। सबैको आर्थिक स्थिति नाजुक छ। एक जना दाई भारतको दिल्लीमा छन्। उनको आर्थिक अबस्था पनि कमजोर रहेको चुजाँ २ निवासी समाजसेवी यम बहादुर के.सीले जानकारी दिनुभयो।

अहिले पनि अस्पतालमा आर्थिक अभावका कारण उपचार नभएर काठमाण्डौका अस्पताल जान नसकेका शंकरले आफुलाई बचाउन आग्रह गरे। डाक्टरले बाहिर लैजानुस भन्नुहुन्छ, हामीसंग पैसा छैन कसरी लैजानु शंकरका दाजु सागर भन्छन्। उनको नाजुक अवस्था देखेर जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले अन्य उपचार गर्ने पैसा जुटाएमा काठ्माण्डौं सम्म लैजानका लागि अस्पतालले निःशुल्क रुपमा एम्बुलेन्स पठाउने बताए। १५ बर्षको बालकको अप्रेसनको लागि आवश्यक रकम सहयोग गर्नका लागि सवैलाई सहयोग गर्न समेत डा. पन्थीले अनुरोध गरेका छन्। सक्दो सहयोग गरौं बालकको अप्रेसन गर्न सकेमा निको हुन सक्छ डा. पन्थीले भने।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...