News Portal

रेडियो सुन्नुहोस्

समाचार प्रभाव: अस्पतालमा बिचल्ली भएका दुई बर्षिय बालकको आम्दामा उपचार सुरु

९२ हजार ६ सय ६ रुपैयाँ आर्थिक संकलन

दीपा घर्ती११ भदौ २०७७
१५४१ पटक
११ भदौ २०७७

प्युठान,माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी निवासी दुई बर्षिय थारुप थापामगरको उपचार हुने भएको छ।
सिखबर डट.कम अनलाईन लगायतका सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि उनको उपचारको लागि रकम संकलन भईरहेको छ।
देश विदेशमा रहनुभएका बिभिन्न सहयोगीदाताहरुको सहयोगमा रकम जुटिरहेको हो।
जिल्ला अस्पतालको बहिरंग विभागको बेड नं. २ मा रहेका बिरामी बालकलाई शुक्रबार बुटवल पठाईएको छ। मेनिन्जाइटिस ( दिमागको ज्वरो)ले अचेत बालकको आम्दा अस्पताल बुटवलमा उपचार सुरु भएको छ।
आमा भाईलाई छोडेर गएपछि बिरामी बालककी दिदी लक्ष्मी थापामगरले अचेत बालकलाई रुदैरुदै घर लैजाने तयारीमा हुनुहुन्थ्यो। आर्थिक अभावका कारण उहाँले उपचारमा संलग्न डा. सुनिल सुनारलाई पैसा नभएका कारण घर लैजाने भनेपछि डाक्टरले आफैले औषधी किनेर उनलाई अस्पतालमा भर्ना गरि हामीलाई खबर गर्नुभएको थियो।

समाचार सम्प्रेषण पछि हालसम्म बालक थारुप थापामगरको उपचारको लागि विभिन्न सहयोगिदाताहरुको सहयोगमा उपचार सुरु भएको हो। उनको उपचारको लागि प्युठानका युवा समाजसेवी हरि बस्नेत बिरामीको उपचारमा संगै अस्पताल पुग्नुभएको छ। सुरुमा उनलाई प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। त्यहाँ पि.आई सि यु को ब्यवस्था गरि बालकको उपचार हुन नसक्ने भएपछि उनलाई भैरहवा लगिएको बिरामी संगै गएका समाजसेवी हरि बस्नेतले बताउनुभयो। भैरहवा मेडिकल कलेजले कोरोना संक्रमणका लागि भर्ना गर्न नै नमाने पछि चितवनमा रहनुभएका डा. समिर लामा र जिल्ला अस्पताल बिजुवारमा कार्यरत डा. सुनिल सुनारको सहयोगमा आम्दा अस्पतालमा भर्ना गरि उपचार सुरु भएको हो।

अहिले सम्म को को ले गरे सहयोग ?
माण्डवी गाउँपालिकाले बालकलाई बुटवल लैजानको लागि माण्डवी गाउँपालिकाले एम्बुलेन्स खर्च र नगद २० हजार रुपैयाँ, बेलायतबाट इशा गुरुङले नगद १० हजार, जापानबाट समाजसेवी सपना पाण्डेले ११ हजार ३ सय ६ रुपैयाँ,कतारमा रहेका प्युठान नगरपालिका ७ निवासी पारस नेपालीले १० हजार, सिद्धार्थ बैंक बिजुवार जुम्रीका कार्यरत दिपक कार्की, निक्की केसी, मनिषा धामी, बिष्णु टण्डन क्षेत्री , झरना पुनबाट संयुक्त रुपमा नगद ५ हजार , मल्लरानी गाउँपालिका वडा नं. ४ कसेरी निवासी राधिका शाह ठकुरीबाट नगद २ हजार, मल्लरानी गाउँपालिका वडा नं. २ चुजाँ निवासी इमान सिंह राहुँमगरबाट २ हजार ५ सय , मल्लरानी गाउँपालिका वडा नं. ३ मुन्डाडाँ निवासी हाल कोरियाबाट बासुदेव अधिकारीबाट २ हजार ५ सय , बेल्जियममा रहेकी यसु थापाबाट ५ हजार, झिमरुक गाउँपालिका निवासी कुसुम सामतबाट ५ हजार, मल्लरानी गाउँपालिका ३ मुण्डाडाँ निवासी हाल नयाँदिल्ली भारत यान्सीआर गुल्गाउन देखि भरत के.सीबाट ५ हजार , पि.डि. मल्टिप्रपोज प्रा.लि. माण्डबी गाउँपालिका ३ का संचालक पुर्ण प्रसाद कालाथोकीबाट ३ हजार १ सय , ऐरावती गाउँपालिका २ बरौंला निवासी सर्मिला शाह ठकुरी हाल दुवईबाट ३ हजार, प्युठान न.पा ४ निवासी पवन सुवेदीबाट २ हजार र सौन्दर्य पुष्प नर्सरीका सञ्चालक राधा अधिकारीबाट २ हजार गरी ८८ हजार ४ सय ६ रुपैयाँ, पोखराबाट सित्तल रानामगरले रु ३ हजार धर्मेन्द्र श्रेष्ठ धादिङबाट रु १ हजार गरि जम्मा ९२ हजार ६ सय ६ रुपैयाँ आर्थिक संकलन भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...