News Portal

रेडियो सुन्नुहोस्

समाचार प्रभाव: अस्पतालमा बिचल्ली भएका दुई बर्षिय बालकको आम्दामा उपचार सुरु

९२ हजार ६ सय ६ रुपैयाँ आर्थिक संकलन

दीपा घर्ती११ भदौ २०७७
१०८३ पटक
११ भदौ २०७७

प्युठान,माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी निवासी दुई बर्षिय थारुप थापामगरको उपचार हुने भएको छ।
सिखबर डट.कम अनलाईन लगायतका सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण भएपछि उनको उपचारको लागि रकम संकलन भईरहेको छ।
देश विदेशमा रहनुभएका बिभिन्न सहयोगीदाताहरुको सहयोगमा रकम जुटिरहेको हो।
जिल्ला अस्पतालको बहिरंग विभागको बेड नं. २ मा रहेका बिरामी बालकलाई शुक्रबार बुटवल पठाईएको छ। मेनिन्जाइटिस ( दिमागको ज्वरो)ले अचेत बालकको आम्दा अस्पताल बुटवलमा उपचार सुरु भएको छ।
आमा भाईलाई छोडेर गएपछि बिरामी बालककी दिदी लक्ष्मी थापामगरले अचेत बालकलाई रुदैरुदै घर लैजाने तयारीमा हुनुहुन्थ्यो। आर्थिक अभावका कारण उहाँले उपचारमा संलग्न डा. सुनिल सुनारलाई पैसा नभएका कारण घर लैजाने भनेपछि डाक्टरले आफैले औषधी किनेर उनलाई अस्पतालमा भर्ना गरि हामीलाई खबर गर्नुभएको थियो।

समाचार सम्प्रेषण पछि हालसम्म बालक थारुप थापामगरको उपचारको लागि विभिन्न सहयोगिदाताहरुको सहयोगमा उपचार सुरु भएको हो। उनको उपचारको लागि प्युठानका युवा समाजसेवी हरि बस्नेत बिरामीको उपचारमा संगै अस्पताल पुग्नुभएको छ। सुरुमा उनलाई प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। त्यहाँ पि.आई सि यु को ब्यवस्था गरि बालकको उपचार हुन नसक्ने भएपछि उनलाई भैरहवा लगिएको बिरामी संगै गएका समाजसेवी हरि बस्नेतले बताउनुभयो। भैरहवा मेडिकल कलेजले कोरोना संक्रमणका लागि भर्ना गर्न नै नमाने पछि चितवनमा रहनुभएका डा. समिर लामा र जिल्ला अस्पताल बिजुवारमा कार्यरत डा. सुनिल सुनारको सहयोगमा आम्दा अस्पतालमा भर्ना गरि उपचार सुरु भएको हो।

अहिले सम्म को को ले गरे सहयोग ?
माण्डवी गाउँपालिकाले बालकलाई बुटवल लैजानको लागि माण्डवी गाउँपालिकाले एम्बुलेन्स खर्च र नगद २० हजार रुपैयाँ, बेलायतबाट इशा गुरुङले नगद १० हजार, जापानबाट समाजसेवी सपना पाण्डेले ११ हजार ३ सय ६ रुपैयाँ,कतारमा रहेका प्युठान नगरपालिका ७ निवासी पारस नेपालीले १० हजार, सिद्धार्थ बैंक बिजुवार जुम्रीका कार्यरत दिपक कार्की, निक्की केसी, मनिषा धामी, बिष्णु टण्डन क्षेत्री , झरना पुनबाट संयुक्त रुपमा नगद ५ हजार , मल्लरानी गाउँपालिका वडा नं. ४ कसेरी निवासी राधिका शाह ठकुरीबाट नगद २ हजार, मल्लरानी गाउँपालिका वडा नं. २ चुजाँ निवासी इमान सिंह राहुँमगरबाट २ हजार ५ सय , मल्लरानी गाउँपालिका वडा नं. ३ मुन्डाडाँ निवासी हाल कोरियाबाट बासुदेव अधिकारीबाट २ हजार ५ सय , बेल्जियममा रहेकी यसु थापाबाट ५ हजार, झिमरुक गाउँपालिका निवासी कुसुम सामतबाट ५ हजार, मल्लरानी गाउँपालिका ३ मुण्डाडाँ निवासी हाल नयाँदिल्ली भारत यान्सीआर गुल्गाउन देखि भरत के.सीबाट ५ हजार , पि.डि. मल्टिप्रपोज प्रा.लि. माण्डबी गाउँपालिका ३ का संचालक पुर्ण प्रसाद कालाथोकीबाट ३ हजार १ सय , ऐरावती गाउँपालिका २ बरौंला निवासी सर्मिला शाह ठकुरी हाल दुवईबाट ३ हजार, प्युठान न.पा ४ निवासी पवन सुवेदीबाट २ हजार र सौन्दर्य पुष्प नर्सरीका सञ्चालक राधा अधिकारीबाट २ हजार गरी ८८ हजार ४ सय ६ रुपैयाँ, पोखराबाट सित्तल रानामगरले रु ३ हजार धर्मेन्द्र श्रेष्ठ धादिङबाट रु १ हजार गरि जम्मा ९२ हजार ६ सय ६ रुपैयाँ आर्थिक संकलन भएको छ।

प्रतिकृया दिनुहोस्

नौबहिनीमा पहिरोले घरगोठ बगायो

गयराती परेको अविरल बर्षाका कारण नौबहिनी गाउँपालिकामा पहिरोले ३ घर बगाएको छ । नौबहिनी गाउँपालिका...

जन्मदिनको अवसरमा लायन्सले दियो फर्निचर

लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा सामाग्री प्रदान गरेको छ । बिहिबार लायन्स क्लव अफ...

संविधान दिवसमा बिरामीलाई फलफुल बितरण

संविधान दिबसको अबसरमा प्यूठान अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ । बिहिबार जिल्ला समन्वय समिति...

शिक्षकका माग पुरा नभए आन्दोलन थप शसक्त हुने

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम...

प्यूठानमा ३ जनाको कैद सजाय माफी मिनाहा

आज संविधान दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३...