News Portal

रेडियो सुन्नुहोस्

सरकारवाट ‘जनसेवा श्री’ पदकद्वारा पत्रकार भण्डारी सम्मानित

पत्रकारीता गरिरहदा उक्त पदक प्राप्त गर्ने प्यूठान शाखाको पहिलो पत्रकार

सिखबर संवाददाता३ असोज, प्यूठान
१२०१ पटक
३ असोज, प्यूठान

संविधान दिवस २०७७ को अवसरमा पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जनसेवा श्री(पञ्चम) पदक प्राप्त गर्नुभएको छ ।

जिल्लामा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले राष्ट्रपतिबाटउक्त पदक प्राप्त गर्नुभएको हो । पत्रकार भण्डारी हाल कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा रहदा नागरिक समाजको अगुवा संस्थाको नेतृत्वकर्ताको रुपमा भुमिका निर्वाह गरेको साथै पत्रकारितामार्फत सामाजिक विषयहरुलाई उठाउदै आर्थिक, सामाजिक तथा सांस्कृतीक सवालहरुलाई उठान गरेका भण्डारी पत्रकारीता गरिरहदा उक्त पदक प्राप्त गर्ने प्यूठान शाखाको पहिलो पत्रकार हुनुहुन्छ।

यी हुन सरकारवाट पदक प्राप्त गर्ने पत्रकार
प्रवल जनसेवा श्री (चतुर्थ) पदक पाउने पत्रकारमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, काठमाण्डौं, राजेश कुमार अर्याल, पाल्पा, गोविन्द प्रसाद भण्डारी, तेह्रथुम, शुभ शंकर कडेल, बाग्लुङ, धर्मेन्द्र कर्ण, धनुषा, शुभेच्छा विन्दु तुलाधर, ललितपुर, चिरन्जीवि मास्के, दोलखा रहनुभएको छ ।
त्यसैगरी जनसेवा श्री (पञ्चम) पदक पाउने पत्रकारमा  भण्डारीसहित सुर्यमणि गौतम, सुर्खेत, मोहन बस्नेत, गुल्मी, लिलाराज भट्टराई, सुनसरी, सविन प्रियासन, दाङ, हरिनारायण गौतम, बाग्लुङ, टिका विष्ट, रुकुम रहनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...