News Portal

रेडियो सुन्नुहोस्

सरकारवाट ‘जनसेवा श्री’ पदकद्वारा पत्रकार भण्डारी सम्मानित

पत्रकारीता गरिरहदा उक्त पदक प्राप्त गर्ने प्यूठान शाखाको पहिलो पत्रकार

सिखबर संवाददाता३ असोज, प्यूठान
१३३२ पटक
३ असोज, प्यूठान

संविधान दिवस २०७७ को अवसरमा पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जनसेवा श्री(पञ्चम) पदक प्राप्त गर्नुभएको छ ।

जिल्लामा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले राष्ट्रपतिबाटउक्त पदक प्राप्त गर्नुभएको हो । पत्रकार भण्डारी हाल कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा रहदा नागरिक समाजको अगुवा संस्थाको नेतृत्वकर्ताको रुपमा भुमिका निर्वाह गरेको साथै पत्रकारितामार्फत सामाजिक विषयहरुलाई उठाउदै आर्थिक, सामाजिक तथा सांस्कृतीक सवालहरुलाई उठान गरेका भण्डारी पत्रकारीता गरिरहदा उक्त पदक प्राप्त गर्ने प्यूठान शाखाको पहिलो पत्रकार हुनुहुन्छ।

यी हुन सरकारवाट पदक प्राप्त गर्ने पत्रकार
प्रवल जनसेवा श्री (चतुर्थ) पदक पाउने पत्रकारमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, काठमाण्डौं, राजेश कुमार अर्याल, पाल्पा, गोविन्द प्रसाद भण्डारी, तेह्रथुम, शुभ शंकर कडेल, बाग्लुङ, धर्मेन्द्र कर्ण, धनुषा, शुभेच्छा विन्दु तुलाधर, ललितपुर, चिरन्जीवि मास्के, दोलखा रहनुभएको छ ।
त्यसैगरी जनसेवा श्री (पञ्चम) पदक पाउने पत्रकारमा  भण्डारीसहित सुर्यमणि गौतम, सुर्खेत, मोहन बस्नेत, गुल्मी, लिलाराज भट्टराई, सुनसरी, सविन प्रियासन, दाङ, हरिनारायण गौतम, बाग्लुङ, टिका विष्ट, रुकुम रहनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...