संविधान दिवस २०७७ को अवसरमा पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले जनसेवा श्री(पञ्चम) पदक प्राप्त गर्नुभएको छ ।
जिल्लामा एक दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भण्डारीले राष्ट्रपतिबाटउक्त पदक प्राप्त गर्नुभएको हो । पत्रकार भण्डारी हाल कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा रहदा नागरिक समाजको अगुवा संस्थाको नेतृत्वकर्ताको रुपमा भुमिका निर्वाह गरेको साथै पत्रकारितामार्फत सामाजिक विषयहरुलाई उठाउदै आर्थिक, सामाजिक तथा सांस्कृतीक सवालहरुलाई उठान गरेका भण्डारी पत्रकारीता गरिरहदा उक्त पदक प्राप्त गर्ने प्यूठान शाखाको पहिलो पत्रकार हुनुहुन्छ।
यी हुन सरकारवाट पदक प्राप्त गर्ने पत्रकार
प्रवल जनसेवा श्री (चतुर्थ) पदक पाउने पत्रकारमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, काठमाण्डौं, राजेश कुमार अर्याल, पाल्पा, गोविन्द प्रसाद भण्डारी, तेह्रथुम, शुभ शंकर कडेल, बाग्लुङ, धर्मेन्द्र कर्ण, धनुषा, शुभेच्छा विन्दु तुलाधर, ललितपुर, चिरन्जीवि मास्के, दोलखा रहनुभएको छ ।
त्यसैगरी जनसेवा श्री (पञ्चम) पदक पाउने पत्रकारमा भण्डारीसहित सुर्यमणि गौतम, सुर्खेत, मोहन बस्नेत, गुल्मी, लिलाराज भट्टराई, सुनसरी, सविन प्रियासन, दाङ, हरिनारायण गौतम, बाग्लुङ, टिका विष्ट, रुकुम रहनुभएको छ ।