News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीमा ५० प्रतिसत अनुदानमा बीउ वितरण गर्ने निर्णय

सिखबर संवाददाता१३ असोज, प्यूठान
१२०० पटक
१३ असोज, प्यूठान

नौवहिनी गाँउपालीकाले कृषकको मागलाई मध्यनजर गर्दै गहुँ र आलुको बीउ ५० प्रतिसत अनुदानमा वितरण गर्ने निर्णय गरेको छ।
सोमवार वसेको गाउँ कार्यपालिका वैठकले किसानको मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। साथै कार्यपालिका वैठकले कक्षा ११ को आन्तरिक परिक्षाको सञ्चालनका लागि अनुमती दिने समेत निर्णय गरेको छ।

यस्ता छन् मुख्य निर्णय:-
१- भारत लगाएत तेस्रो मुलुकबाट दशै तिहारमा घर आउने नागरिकहरुलाई PCR‍ गरेर आएको भए होम क्वारेनटाईनमा पठाउने र PCR‍ नगरी आएको भए PCR‍ गरी रिपोर्टको आधारमा होम क्वारेनटाईनमा पठाउने वा पालिका स्तरीय क्वारेनटाईनमा राख्ने।

२- स्वास्थ्यको मापदण्डलाई आधार मानि खोलिएका सबै विद्यालयहरुमा आवश्यक अनुसारका स्वास्थ्य सामाग्री उपलब्ध गराउने साथै कक्षा ११ को आन्तरीक परीक्षा सञ्चालनको लागि अनुमति दिने ।

३- किशानहरुकाे मागलाई मध्यनजर राख्दै गहुँ तथा आलुको बिउ खरिद गरी ५० प्रतिशन अनुदानमा किशानहरुलाई बिउ वितरण गर्ने ।

४- नेपाल सरकारको खरका छानामा टिन लगाउने कार्यक्रम अन्तरगत नाैबहिनीलाई प्राप्त भएकाे २२० घरधुरीमध्ये १ देखि ४ वडासम्म प्रति वडा २८ घरधुरीका दरले र ५ देखि ८ वडासम्म प्रति वडा २७ घरधुरीका दरले टिनको छाना लगाउने ।

५- हिड्ने क्रममा पहिरोले चापेर खुट्टा भाचि घाईते भएका तपसिल बमोजिमका व्याक्तिहरुलाई थप उपचारको लागि सहयोग गर्ने ।
क) नाैबहिनी गा पा ७ निवासी जिवन पुन रु २५ हजार
ख) नाैबहिनी गा पा ८ निवासी सुस्मिता वि क रु २५ हजार
ग) नाैबहिनी गा पा ८ निवासी रामकलि वि क रु २० हजार
घ) श्रीमानले चक्कु हानी घाईते भएकी नाैबहिनी गा पा ३ हाल वाग्दुलामा व्यवसाय गरी बस्ने दुर्गा गिरीलाई थप उपचारको लागि रु २० हजार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...