News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीमा ५० प्रतिसत अनुदानमा बीउ वितरण गर्ने निर्णय

सिखबर संवाददाता१३ असोज, प्यूठान
१०२८ पटक
१३ असोज, प्यूठान

नौवहिनी गाँउपालीकाले कृषकको मागलाई मध्यनजर गर्दै गहुँ र आलुको बीउ ५० प्रतिसत अनुदानमा वितरण गर्ने निर्णय गरेको छ।
सोमवार वसेको गाउँ कार्यपालिका वैठकले किसानको मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। साथै कार्यपालिका वैठकले कक्षा ११ को आन्तरिक परिक्षाको सञ्चालनका लागि अनुमती दिने समेत निर्णय गरेको छ।

यस्ता छन् मुख्य निर्णय:-
१- भारत लगाएत तेस्रो मुलुकबाट दशै तिहारमा घर आउने नागरिकहरुलाई PCR‍ गरेर आएको भए होम क्वारेनटाईनमा पठाउने र PCR‍ नगरी आएको भए PCR‍ गरी रिपोर्टको आधारमा होम क्वारेनटाईनमा पठाउने वा पालिका स्तरीय क्वारेनटाईनमा राख्ने।

२- स्वास्थ्यको मापदण्डलाई आधार मानि खोलिएका सबै विद्यालयहरुमा आवश्यक अनुसारका स्वास्थ्य सामाग्री उपलब्ध गराउने साथै कक्षा ११ को आन्तरीक परीक्षा सञ्चालनको लागि अनुमति दिने ।

३- किशानहरुकाे मागलाई मध्यनजर राख्दै गहुँ तथा आलुको बिउ खरिद गरी ५० प्रतिशन अनुदानमा किशानहरुलाई बिउ वितरण गर्ने ।

४- नेपाल सरकारको खरका छानामा टिन लगाउने कार्यक्रम अन्तरगत नाैबहिनीलाई प्राप्त भएकाे २२० घरधुरीमध्ये १ देखि ४ वडासम्म प्रति वडा २८ घरधुरीका दरले र ५ देखि ८ वडासम्म प्रति वडा २७ घरधुरीका दरले टिनको छाना लगाउने ।

५- हिड्ने क्रममा पहिरोले चापेर खुट्टा भाचि घाईते भएका तपसिल बमोजिमका व्याक्तिहरुलाई थप उपचारको लागि सहयोग गर्ने ।
क) नाैबहिनी गा पा ७ निवासी जिवन पुन रु २५ हजार
ख) नाैबहिनी गा पा ८ निवासी सुस्मिता वि क रु २५ हजार
ग) नाैबहिनी गा पा ८ निवासी रामकलि वि क रु २० हजार
घ) श्रीमानले चक्कु हानी घाईते भएकी नाैबहिनी गा पा ३ हाल वाग्दुलामा व्यवसाय गरी बस्ने दुर्गा गिरीलाई थप उपचारको लागि रु २० हजार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...