News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदैछः मुख्यमन्त्री पोख्रेल

सिखबर संवाददाता१९ असाेज बुटवल
२००९ पटक
१९ असाेज बुटवल

प्रदेश नं ५ (प्रस्तावित लुम्विनी प्रदेश) का मुख्यमन्त्री संकर पोखरेलले हिजोको अखण्ड लुम्विनीको भावना ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय वन्दै गरेको वताउनु भएको छ।

मुख्यमन्त्री पोखरेलले हिजो ६ जिल्लामा सिमिति लुम्विनी आज १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दै गरेको वताउनु भएको छ। अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तर हुदै गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यो विषय सिंगो प्रदेशवासीको गौरवको विषय रहेको वताउनु भएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय वमोजिम असोज १६ गते प्रदेशसभामा प्रदेशको नामाकरण लुम्विनी राख्ने प्रस्ताव पेश भएसंगै मुख्यमन्त्रि पोख्रेलले हिजो ६ जिल्लाको अञ्चलको नामाकरण रहेको लुम्विनी अव १२ जिल्लाभरको प्रदेशभर वृहत्तर लुम्विनीमा रुपान्तरण हुन थालेको वताउनु भएको हो। नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण गर्ने र नेपालको संविधानको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम दाङ जिल्लाको राप्ती गाँउपालीका, गढवा गाउँपालीका तथा अर्घाखाची जिल्लाको शितगंगा नगरपाललिकाले ओगटेको(चर्चेको) राप्ती नदी किनारको मैदानी भाग, राप्ती उपत्यका(देउखुरी) लाई प्रदेश राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...