News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदैछः मुख्यमन्त्री पोख्रेल

सिखबर संवाददाता१९ असाेज बुटवल
१८७९ पटक
१९ असाेज बुटवल

प्रदेश नं ५ (प्रस्तावित लुम्विनी प्रदेश) का मुख्यमन्त्री संकर पोखरेलले हिजोको अखण्ड लुम्विनीको भावना ६ जिल्लावाट १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय वन्दै गरेको वताउनु भएको छ।

मुख्यमन्त्री पोखरेलले हिजो ६ जिल्लामा सिमिति लुम्विनी आज १२ जिल्लामा विस्तारित हुदै सिंगो प्रदेशवासीको गौरवको विषय बन्दै गरेको वताउनु भएको छ। अखण्ड लुम्विनीको भावना वृहत्तर लुम्विनीमा रुपान्तर हुदै गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यो विषय सिंगो प्रदेशवासीको गौरवको विषय रहेको वताउनु भएको छ।

प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय वमोजिम असोज १६ गते प्रदेशसभामा प्रदेशको नामाकरण लुम्विनी राख्ने प्रस्ताव पेश भएसंगै मुख्यमन्त्रि पोख्रेलले हिजो ६ जिल्लाको अञ्चलको नामाकरण रहेको लुम्विनी अव १२ जिल्लाभरको प्रदेशभर वृहत्तर लुम्विनीमा रुपान्तरण हुन थालेको वताउनु भएको हो। नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण गर्ने र नेपालको संविधानको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम दाङ जिल्लाको राप्ती गाँउपालीका, गढवा गाउँपालीका तथा अर्घाखाची जिल्लाको शितगंगा नगरपाललिकाले ओगटेको(चर्चेको) राप्ती नदी किनारको मैदानी भाग, राप्ती उपत्यका(देउखुरी) लाई प्रदेश राजधानी तोक्ने प्रस्ताव प्रदेशसभामा छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...