News Portal

रेडियो सुन्नुहोस्

प्रदेशको राजधानी दाङको भालुबाङ देउखुरी क्षेत्रमा र नाम लुम्बिनी दुईतिहाईबाट पास

सिखबर संवाददाता
६९५ पटक

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।
मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ देउखुरी राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थियो भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।
तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरीत भालुबाङ राजधानी बनाउन मतदान गरेको पाइएको छ । किनकि प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।
राजधानीको विषयमा भएको मतदान प्रक्रिया तीन जना सांसदले बहिस्कार गरेका छन् । जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसदले मत विभाजन प्रक्रियामा भाग लिएनन् ।
जसपाका रुपन्देहीबाट निर्वाचित सांसद सन्तोष पाण्डे र अर्घाखाँचीकी कल्पना पाण्डे लम्साल तथा राष्ट्रिय जनमोर्चाकी प्युठानकी सांसद तारा जीसीले राजधानीबारेको मतदान प्रक्रिया बहिस्कार गरेकी हुन् । जनता समाजवादी पार्टीका ६ मध्ये अन्य ४ सांसदले दाङको पक्षमा मत हालेका थिए।
मंगलबार नै प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले भालुबाङ राजधानी बनाउँदा प्रदेशको १२ वटै जिल्लाको मनोविज्ञानको प्रतिनिधित्व हुने बताउनुभयो । उहाँले बुटवल÷ भैरहवालाई वित्तीय राजधानी बनाउने बताए ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...