News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाद्वारा ‘सुत्केरीसंग नगरपालीका’ कार्यक्रम उद्घाटन

सिखबर संवाददाता२० असाेज प्यूठान
१३१३ पटक
२० असाेज प्यूठान

मातृ तथा शिसु मृत्युदर घटाउने र पोषण सुधार गरी कुपोषण अन्त्य गर्ने कार्यक्रमको लक्ष्य छ।

प्यूठान नगरपालीकाले सुत्केरीसंग नगरपालीका कार्यक्रम कार्यन्वयनको सुरुवात गरेको छ। नगर क्षेत्रभित्रका सुत्केरी महिलाहरु र नवजात शिसुहरुको स्वास्थ्य सुरक्षा, एवं पोषण सुधारको निम्ति उक्त कार्यक्रमको सुरुवात गरेको हो। आज प्यूठान नगरपालीका वर्डा नं ३ विजयनगरमा रहेको सापडाडा स्वास्थ्यचौकीवाट उक्त कार्यक्रमको उद्घाटन गरिएको छ।

“सुत्केरी महिला, नवजात शिसु र उनिहरुका परिवारमा सुत्केरीको स्याहार, खानपान र सुत्केरी तथा नवजात शिसुको हेरचाह, स्वास्थ्य तथा सरसफाई र पोषणमा सकारात्मक परिवर्तन ल्याउनका लागी नगरपालीकाले यो कार्यक्रम सुरुवात गरेको हो।” प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले भन्नुभयो -“यो कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने सुनिस्चितता कायम गर्नुका साथै आमा र वच्चाको स्वास्थ्यमा सुधार आउने विश्वास छ।”

नगरपालीकाले शिसु तथा मातृ मृत्युदर घटाउने, पोषणको अवस्थामा सुधार ल्याई कुपोषण अन्त्य गर्ने, साथै जिवनस्तर सुधार गर्न सरसफाईसम्वन्धी सामाग्री साथै लगायत आवश्यक सामाग्रिहरु उपलव्ध गराईएको नगरपालीकाले जनाएको छ। चालु आर्थिक वर्षदेखी सुरु भएको कार्यक्रममा सुत्केरी महिलाका लागी सामाग्रीहरु उपलव्ध गराईन्छ। नुहाउने लुगाधुने सावुन, टुथपेस्ट, ब्रस, हरलेक्स, स्यानेटेरी प्याड, ऐना, काँईयो, नंकट, दशमुलारिष्ट जस्ता १२ प्रकारका सामाग्रीहरु प्रदान गरिन्छ। यो कार्यक्रमका लागी नगरपालीकाले ९ लाख रुपैयाँ वजेट विनियोजन गरेको जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...