News Portal

रेडियो सुन्नुहोस्

गृहमन्त्रीले हटाए स्वकीय अधिकृत : सचिवालयमा बसेर प्रचण्डसँग बार्गेनिङ गरेको आरोप

सिखबर संवाददाता १६ फागुन, काठमाडौं
१०५९ पटक
१६ फागुन, काठमाडौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् ।

गृहमन्त्री बादलले सचिवालयमा बसेर प्रचण्डसँग पदको बार्गेनिङ गर्ने र युवा संघको एकता भाड्ने काम गरेको आरोप तामाङमाथि लगाएका छन् ।

‘सचिवालयमा बस्ने तर प्रचण्ड समूहसँग पदको बार्गेनिङ गर्ने’, बादल निकट स्रोतले भन्यो, ‘युवा संघको एकता भाँड्ने काम गरेको आरोप लागेपछि गृहमन्त्रीले उहाँलाई हटाउनु भएको हो ।’ तामाङमाथि युवा संघको एकता हुन नदिएको आरोपसमेत लागेको छ ।

पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमो विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । गृहमन्त्री बादल माओवादी जनयुद्धका सहयात्री प्रचण्डलाई छोडेर ओली समूहमा लागेका छन् ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनाएपछि नेकपा विवाद अझ चर्को बन्दै गएको छ ।

अन्नपुर्ण पोष्टबाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...