News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य कार्यालयलाई बि.एन.एम.टीको सहयोग

 दीपा पौडेल असार ३ प्युठान
१०६९ पटक
असार ३ प्युठान

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि करिब छ लाख बरावरको स्वास्थ्य सामग्री बिहिबार स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसुदन खड्कालाई हस्तान्तरण गरिएको हो। बि.एन.एम.टि नेपाल प्युठानका कार्यक्रम संयोजक गोविन्द माझीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। १ सय ७० सेट पिपिई , ७ सय थान एन ९५ मास्क, २ सय २५ बक्स सर्जिकल मास्क, ८ सय बोटल सेनिटाईजर , १ सय सेट हाइजिन किट,६० बक्स ग्ल्बस , ५ सय पिस फेस सिल्ड,१ सय थान हेड कभर र १ सय थान सु कभर प्रदान गरेको संयोजक माझीले जानकारी दिए।। उनले भने–‘‘ बिशेष गरि आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुका लागि प्रयोग गर्न हाइजिन किट उपलब्ध गराएका हौं।’’ स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बि.एन.एम.टि लाई स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख खड्काले धन्यवाद दिएका छन्। उनले यो सहयोगले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्न र काम गर्न सहज हुने विश्वास लिएको बताए।उनले भने–“बि.एन.एम.टि ले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु जिल्लाका ९ वटै स्थानिय तहहरुमा रहेका स्वास्थ्य संस्थाहरुलाई आवश्यकताको आधारमा जहाँ बढि कोरोना संक्रमित बिरामीहरु छन त्यहाँ पठाउने छौं।” विगत ४ बर्ष देखि स्वास्थ्य कार्यालय प्युठानसंंग सहकार्य गर्र्दै आएको यस बि एन एम टीले यो कोरोना महामारीको समयमा जिल्लामा निरन्तर सहयोग गर्दै आईरहेको बि.एन.एम.टि नेपाल प्युठानका हेल्थ सुपरभाईजर कुवेर श्रेष्ठले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...