प्यूठान नगरपालीकाले चालु आर्थिक वर्षका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नयाँ जनमुखी कार्यक्रमहरुमा जोड दिएको छ । प्रमाणित द्धन्दपिडितको निशुल्क स्वास्थ्य विमादेखी एक घर एकधारा कार्यक्रम, पर्यटन पुर्वाधान, हरेक घरमा विद्युतिकरण लगायतका जनमुखी कार्यक्रमहरु ल्याएको छ । प्यूठान नगरपालीकाको वजेटले समेटेका मुख्य कार्यक्रमहरु यस्ता छन् ।
शिक्षामा सवैको पहुँच सुनिस्चितता, कुनैपनी वालवालिका शिक्षाको पहुँचवाहिर हुन नदिन निशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता ।
वालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलवमा समयानुकुल वृद्धी गरि न्युनतम पारिश्रमिक सुनिस्चितता ।
पुर्वाधार निर्माण, मर्मत, प्रभावकारी अनुगमन र नियमन, जनशक्ती व्यवस्थापन साथै वैकल्पिक विद्यालय सञ्चालन र प्राविधिक शिक्षामा जोड ।
निशुल्क सेनेटरी प्याड र कक्षा १ देखी ५ सम्म दिवाखाजा कार्यक्रमलाई निरन्तरता ।
प्रदेश सरकार र नगरपालीकावाट सववाहन तथा एम्वुलेन्स सञ्चालन ।
नगरक्षेत्रका ६० वर्षभन्दा माथिका नागरिकलाई घरदैलोमा स्वास्थ्यपरिक्षण, उपचार, परामर्श तथा औषधी वितरण, जेष्ठनागरिकलाई निशुल्क आखा उपचारमा निरन्तरता ।
सुत्केरीको जिवन सुरक्षा, स्वास्थ्यसुरक्षका लागी सुत्केरीसंग नगरपालीका कार्यक्रमको निरन्तरता ।
स्वास्थ्यसेवालाई थप प्रभावकारी वनाउन सापडाडा स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना ।
प्रदेश सरकार र नगरपालीकाको सहकार्यमा आयुर्वेदीक स्वास्थ्यकेन्द्र स्थापना ।
संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा कृषी पकेट तथा व्लग क्षेत्र घोषणा गरि विशेष कार्यक्रम सञ्चालन ।
पर्यटनतर्फ ऐतिहासिक भित्रिकोट दरवार, झुलेनी, सहिदपार्क, वाईधारा, वुलवुलेमुल, सिद्धगुफा, मरन्ठानाकोट, खैराकोट, दाखाकोट, वालउद्यान, कालिकामन्दिर, डल्ले सरायनाच, लिस्ने हिलस्टेसन लगायतका स्थानहरुमा पुर्वाधार विकास ।
वर्डा नं ९ र १० को खरिवोट, गुरीगाउँ, वर्डा नं ८ को वाग्दुला, दम्ती, टिकुरी, पुण्यखोला, टारी, ढ्ंगेठाटी र खैरामा वस्तिविकास, २ र ३ को रातामाटामा नमुना वस्ति विकास गर्ने ।्
घरघरमा स्वच्छ खानेपानी उपलव्ध गराउन संघ, प्रदेश र नगरपालीकाको संयुक्त लगानीमा सन् २०२५ सम्म एक घर एक धारा अभियानलाई पुर्णता दिन आवश्यक श्रोत साधन व्यवस्थापन ।
ग वगको अपांगता भएका व्यक्तीलाई सतप्रतिशत भत्ता वृद्धी, साथै आगामि आर्थिक वर्षदेखी घ वर्गका अपांगता परिचयपत्र वाहकलाई पनी मासिक रु ५०० भत्ताको व्यवस्था ।
प्रदेश सरकारको सहयोगमा नगरपालीकामा वहुउदेश्यिय सभाहल निर्माण ।
आगामि आ.व. भित्रमा नगरक्षेत्रका सवै घरधुरीमा विद्युतिकरण ।
विपद व्यवस्थापनका लागी विपद प्रतिकार्य योजना, विपद व्यवस्थापन कार्यविधी अवलम्वन गर्दै विपद कोष स्थापना ।
उत्कृष्ठ व्यवसायिलाई वर्षभरको कर छुट ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत २ सय घर निर्माणमा सहयोग ।
हाम्रा प्रतिनिधी, राम्रा रणनिती, नगरका अत्यावस्यक पुर्वाधार मेयर उपमेयर कोषको पहिलो आधार अन्तरगत उक्त कोषलाई निरन्तरता ।
विजुवार भित्रिकोट केवुलकार, झिमरुक फाँट औधोगिक कृषी कार्यक्रम, झिमरुक नदि नियन्त्रण, औधोगिक ग्राम स्थापना, प्यूठान अस्पत्ताललाई १ सय शैयामा क्षेमतावृद्धी, झिमरुक उपत्यका स्मार्ट सिटी, प्राविधिक शिक्षालय जस्ता गौरवका आयोजनाहरुमा प्रदेश र संघिय सरकारसंग समन्वय गरि अगाडी वढाईने ।
भिन्न प्रकृती विविध संस्कृतीलाई सम्वोधन गर्न विभिन्न जाति, भाषा तथा संस्कृतीको जगेर्ना सम्वन्धी कार्यक्रम ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ५ सय ५० जनालाई न्युनतम १०० दिनको रोजगारी ।
चालु आ.व. को सरसफाईकर पुर्ण रुपमा मिनाहा ।
वालवचत कोषलाई निरन्तरता ।
लघुउद्यमसम्वन्धी पञ्चवर्षिय योजनाको प्रभावकारी कार्यन्वयन ।
नगरक्षेत्र भित्रका प्रमाणित द्धन्दपिडितहरुलाई निशुल्क स्वास्थ्य विमा सेवा ।