News Portal

रेडियो सुन्नुहोस्

अमेरिकाको अलास्कामा ५० वर्षयताकै शक्तिशाली भूकम्प

एजेन्सी  १४ साउन २०७८ प्यूठान
८२८ पटक
  १४ साउन २०७८ प्यूठान

अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ ।

अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । अलास्काको सबैभन्दा ठूलो कोडियक नगरका मेयर प्याट ब्रानससले अहिलेको भूकम्प सन् १९६४ यताकै शक्तिशाली भएको सीएनएनलाई बताउनुभएको छ ।

मियामीको वायुमण्डल विज्ञान विभागका विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी ब्रायन म्याकोल्डिले उत्तर अमेरिकामा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्पपछि आजको भूकम्प सबैभन्दा ठूलो भएको बताउनुभएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् ।

भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आएपछि सुनामीको चेतावनी जारी गर्दै नागरिकलाई अग्लो ठाउँका सार्वजनिक भवनमा राखिएको थियो । समुद्रमा एक फिटभन्दा अग्लो गरी छाल आउने क्रम रोकिएपछि सुनामीको चेतावनी भने हटाइएको छ । तर तटीय क्षेत्र र सामुद्रिक टापुका हजारौँ नागरिक सुनामीको डरले उच्च भागमा पुगेका छन् ।

अझै ठूला परकम्प आउन सक्ने भएकाले सतर्क भएर बस्न अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र र राष्ट्रिय सुनामी चेतावनी केन्द्रले आग्रह गरेका छन् ।

 

-उज्यालाेबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...