News Portal

रेडियो सुन्नुहोस्

औषधीय गुणले भरिपूर्ण छ करेला

झुलेनी संवाददाता१९ साउन २०७८ प्यूठान
९४७ पटक
१९ साउन २०७८ प्यूठान

 करेला तितो हुन्छ। तर औषधीय गुणले भरिपूर्ण हुन्छ। करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ।

करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।

करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ। यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ। जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ।

करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ। करेला सेवनबाट हुने विभिन्न फाइदालाई यहाँ प्रस्तुत गरिएको छः

करेलाको रसले पत्थरीको समस्या हटाउँछ 
करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ।

ग्याँसको उपचार
करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो।

कलेजो बलियो बनाउँछ
करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ। यति मात्र नभई कलेजोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ।

मधुमेहका बिरामीका लागि फाइदाजनक
रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ। मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ। एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ।

 

–  एजेन्सीको सहयोगमा 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...