


प्यूठानको मल्लरानी – ३ बर्बाेटको भानुभक्त माध्यमिक विद्यालयले मंसिरमा स्वर्ण महोत्सव गर्ने भएको छ ।
शुक्रबार बसेको महोत्सव मूल आयोजक समिति सचिवालय बैठक पछि पत्रकार संम्मेलन मार्फत महोत्वस गर्ने निर्णय सार्वजनिक गरेको हो । आउने मंसिर २९ देखि महोत्सव गर्ने तयारी गरिएको प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए । २०३२ सालमा साविकको धरमपानी गा.वि.स.९ मैदानामा स्थापना भएको विद्यालय २०३४ मा बर्बाेटमा स्थानान्तर भएको थियो ।
५० औं स्थापना दिवस मनाउन जिवलाल खत्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । महोत्सव सम्पन्न गर्न ५ हजारदेखि ९ हजार ९ सय ९९ सम्म सहयोग गर्ने सहयोग दाताहरुको नाम, ठेगाना शिलापत्रमा राख्ने, १० हजारदेखि माथि सहयोग गर्नेको नाम, ठेगाना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरि स्वर्ण स्तम्भमा अभिलेखिकरण गर्ने निर्णय भएको विद्यालयले जनाएको छ ।
स्मारिक प्रकाशन गर्न मल्लरानी २ ले १ लाख र महोत्सव सम्पन्न गर्न ३ नम्बर वडाले ५० हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष नोमराज पौडेलले बताए ।
पूर्व विद्यार्थीहरुलाई पुर्नमिलन गर्दै रुपन्देहिमा समिति बनाएर सहयोग संकलन गर्ने तयारी गरिएको पूर्व विद्यार्थी कृष्णराज पाण्डेले बताए । एसईई र प्लस टु पास गरि विभिन्न पेशा मार्फत स्कुलको नाम चिनाउने विद्यार्थीलाई सम्मान गर्ने तयारी विद्यालयले गरेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

