News Portal

रेडियो सुन्नुहोस्

भानुभक्त मा.वि.ले स्वर्ण महोत्सव मनाउने

झुलेनी नेटवर्क२०८२ साउन २५ गते
९८७ पटक
२०८२ साउन २५ गते

प्यूठानको मल्लरानी – ३ बर्बाेटको भानुभक्त माध्यमिक विद्यालयले मंसिरमा स्वर्ण महोत्सव गर्ने भएको छ ।

शुक्रबार बसेको महोत्सव मूल आयोजक समिति सचिवालय बैठक पछि पत्रकार संम्मेलन मार्फत महोत्वस गर्ने निर्णय सार्वजनिक गरेको हो । आउने मंसिर २९ देखि महोत्सव गर्ने तयारी गरिएको प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए । २०३२ सालमा साविकको धरमपानी गा.वि.स.९ मैदानामा स्थापना भएको विद्यालय २०३४ मा बर्बाेटमा स्थानान्तर भएको थियो ।


५० औं स्थापना दिवस मनाउन जिवलाल खत्रीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । महोत्सव सम्पन्न गर्न ५ हजारदेखि  ९ हजार ९ सय ९९ सम्म सहयोग गर्ने सहयोग दाताहरुको नाम, ठेगाना शिलापत्रमा राख्ने, १० हजारदेखि माथि सहयोग गर्नेको नाम, ठेगाना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरि स्वर्ण स्तम्भमा अभिलेखिकरण गर्ने निर्णय भएको विद्यालयले जनाएको छ ।

स्मारिक प्रकाशन गर्न मल्लरानी २ ले १ लाख र महोत्सव सम्पन्न गर्न ३ नम्बर वडाले ५० हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष नोमराज पौडेलले बताए ।

पूर्व विद्यार्थीहरुलाई पुर्नमिलन गर्दै  रुपन्देहिमा  समिति बनाएर सहयोग संकलन गर्ने तयारी गरिएको पूर्व विद्यार्थी कृष्णराज पाण्डेले बताए । एसईई र प्लस टु पास गरि विभिन्न पेशा मार्फत स्कुलको नाम चिनाउने विद्यार्थीलाई सम्मान गर्ने तयारी विद्यालयले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...