News Portal

रेडियो सुन्नुहोस्

वर्षातका कारण डामृका ठाउँ ठाउँमा पहिरो : पैदल हिड्न कठिन

पहिरोको उच्च जोखिममा डामृ गाउँ

तेजेन्द्र बि.एम.२०७८ भाद्र २, प्यूठान
२९४४ पटक
२०७८ भाद्र २, प्यूठान

लगातारको झरी र वर्षातका कारण नौबहिनी गाउँपालिका ५ डामृका अधिकांस बस्ति पहिरोको जोखिममा परेका छन् । यहाँको ठूलोडामृ, लेतलेते र आसपासका वस्ति जोखिममा रहेको स्थानीय बताएका छन् । वर्षायाममा जोखिम भइरहने यो क्षेत्रमा यसअँघि केहि घरहरु पहिरोले बगाइसकेको छ । यो वर्ष पनि लगातार बर्षातका कारण बस्ति छेउँबाट पहिरो बगिरहेकाले आफूहरु त्रसित बनेको स्थानीय लोकेन्द्र थापामगरले बताए ।
डामृका केहि बस्तिहरुसँगै लेतलेतेको उपल्लो भेग तकमान सुनार (चेबे) को घरको पछाडिबाट पहिरो जाँदा घर भत्किएको उनको भनाई छ । सुनारका परिवार अहिले नजिकै गोठमा बसिरहेका छन् । यहि बर्षातकै कारण डामृको बसाइ स्थित अर्का तारा घर्ति मगरको घर पनि पछाडिबाट पहिरो संगै आएको रुखले घरको केहि भाग भत्किएको छ । पहिरोबाट बिस्थापित मगरको परिवार आगन नजिक गोठ बनाएर बस्न बाध्य भएका छन ।

पहिरोका कारण स्थानीय भागीराम घर्तिमगरको गोठ भत्किएर २ वटा बाख्रा पुरीएका छन् । स्थानिय बासिका अनुसार यो गाउँको अधिकांस ठाउँ पहिरोको उच्च जोखिममा रहेको बताउछन । पहिरोका कारण विद्युतको पोल ढल्दा विद्युत सेवा अवरुद्ध रहेको वडा अध्यक्ष अन बहादुर घर्तिमगरले बताए । पहिरोका कारण गाउँका थुप्रै ठाउँमा बिजुलीका पोल ढलेका छन् ।


यो संगैै बाहाने, डामृ, रोल्पा मोटरबाटो सडक खण्ड अन्तर्गतको डामृ क्षेत्रमा पहिरोका कारण बाटो अबरुद्ध हुँदा यातायातका सवारी साधन चल्न सकेका छैनन् । लगातारको बर्षातले घर माथिबाट पहिरो जाँदा घेरैका घर र आगनहरु हिलाम्य बनेका छन । स्थानीय पात्ले खोला र झेरुङ्ग खोलाको बहाव पनि बढेको छ ।

 

खोलो बढेपछि स्थानीयलाई ओहोरदोहोर गर्न कठिनाई भएको छ । बुधबारबिहान स्थानीयले बाँस तथा अन्य काठको प्रयोग गरी अहिले खोलो तर्न सक्ने साँघु बनाएका छन् । स्थानीयवासी साँघुबाट जेनतेन हिड्न सक्ने भएपनि गाडि चल्न सक्ने अवस्था छैन ।

प्रतिकृया दिनुहोस्

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...