News Portal

रेडियो सुन्नुहोस्

वर्षातका कारण डामृका ठाउँ ठाउँमा पहिरो : पैदल हिड्न कठिन

पहिरोको उच्च जोखिममा डामृ गाउँ

तेजेन्द्र बि.एम.२०७८ भाद्र २, प्यूठान
४०१० पटक
२०७८ भाद्र २, प्यूठान

लगातारको झरी र वर्षातका कारण नौबहिनी गाउँपालिका ५ डामृका अधिकांस बस्ति पहिरोको जोखिममा परेका छन् । यहाँको ठूलोडामृ, लेतलेते र आसपासका वस्ति जोखिममा रहेको स्थानीय बताएका छन् । वर्षायाममा जोखिम भइरहने यो क्षेत्रमा यसअँघि केहि घरहरु पहिरोले बगाइसकेको छ । यो वर्ष पनि लगातार बर्षातका कारण बस्ति छेउँबाट पहिरो बगिरहेकाले आफूहरु त्रसित बनेको स्थानीय लोकेन्द्र थापामगरले बताए ।
डामृका केहि बस्तिहरुसँगै लेतलेतेको उपल्लो भेग तकमान सुनार (चेबे) को घरको पछाडिबाट पहिरो जाँदा घर भत्किएको उनको भनाई छ । सुनारका परिवार अहिले नजिकै गोठमा बसिरहेका छन् । यहि बर्षातकै कारण डामृको बसाइ स्थित अर्का तारा घर्ति मगरको घर पनि पछाडिबाट पहिरो संगै आएको रुखले घरको केहि भाग भत्किएको छ । पहिरोबाट बिस्थापित मगरको परिवार आगन नजिक गोठ बनाएर बस्न बाध्य भएका छन ।

पहिरोका कारण स्थानीय भागीराम घर्तिमगरको गोठ भत्किएर २ वटा बाख्रा पुरीएका छन् । स्थानिय बासिका अनुसार यो गाउँको अधिकांस ठाउँ पहिरोको उच्च जोखिममा रहेको बताउछन । पहिरोका कारण विद्युतको पोल ढल्दा विद्युत सेवा अवरुद्ध रहेको वडा अध्यक्ष अन बहादुर घर्तिमगरले बताए । पहिरोका कारण गाउँका थुप्रै ठाउँमा बिजुलीका पोल ढलेका छन् ।


यो संगैै बाहाने, डामृ, रोल्पा मोटरबाटो सडक खण्ड अन्तर्गतको डामृ क्षेत्रमा पहिरोका कारण बाटो अबरुद्ध हुँदा यातायातका सवारी साधन चल्न सकेका छैनन् । लगातारको बर्षातले घर माथिबाट पहिरो जाँदा घेरैका घर र आगनहरु हिलाम्य बनेका छन । स्थानीय पात्ले खोला र झेरुङ्ग खोलाको बहाव पनि बढेको छ ।

 

खोलो बढेपछि स्थानीयलाई ओहोरदोहोर गर्न कठिनाई भएको छ । बुधबारबिहान स्थानीयले बाँस तथा अन्य काठको प्रयोग गरी अहिले खोलो तर्न सक्ने साँघु बनाएका छन् । स्थानीयवासी साँघुबाट जेनतेन हिड्न सक्ने भएपनि गाडि चल्न सक्ने अवस्था छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...