News Portal

रेडियो सुन्नुहोस्

संकटमा ‘धनवाङ होमस्टे’

सिखबर संवाददाता६ असार, प्यूठान
१६९३ पटक
६ असार, प्यूठान

छ वर्षअगाडी सरसफाईको क्षेत्रमा नेपालकै नमुना गांउमा सञ्चालीत घरवास कार्यक्रम अर्थात ‘होमस्टे’ व्यवसाय संकटमा परेको छ। प्रचारप्रसारको अभाव, सरोकारवालाको वेवास्ता र भौगोलिक विकटताले प्यूठानको स्वर्गद्धारी नगरपालीका स्थित धनवाङ्ग होमस्टे संकटमा परेको हो।

धनवाङ्ग गांउलाई २०६९ असार ७ गते नेपालकै पहिलो स्वस्थ्य तथा सरसफाईको क्षेत्रमा पुर्ण आनिवनी परिवर्तन भएको गांउ घोषणा गरिएको थियो। आनिवानी परिवर्तनको अभियानको निरन्तरताका लागि स्थानियको आयआर्जन वृद्धि गर्न घरवास कार्यक्रम सञ्चालनमा ल्याईएको थियो। सुरुका दिनमा नेपालकै पहिलो पुर्ण आनिवानी परिवर्तन भएको गांउ भएकाले त्यसको अध्ययन अवलोकलनका लागी धेरै पर्यटक आएपनी पछील्लो समयमा पर्यटक कम आउने गरेको स्थानियले वताए।

“पहिले सरसफाई र आनिवानी परिवर्तनको अवलोकन गर्न आउनेको भिड लाग्दथ्यो। तर, त्यो विस्तारै घटदै गयो।” होमस्टे सञ्चालक धनवाङ्ग निवासी शिवलाल पुनले भन्नुभयो “स्वर्गद्धारी आउने पर्यटकलाई यता आकर्षण गर्न लागिरहेको छौं।”

सुरुमा १० परिवारले सुरु गरेको होमस्टे व्यवसाय अहिले ३ परिवारले मात्र सञ्चालन गरिरहेका छन्। प्रचारप्रसारको अभाव र सरोकारवालाको ध्यानको कमिले नेपालकै पहिलो आनिवानी परिवर्तनको गांउमा सञ्चालीत होमस्टे संकटमा परेको हो। स्वर्गद्धारी मन्दिरदेखि ८ किलोमिटर दुरीमा रहेको होमस्टेमा स्थानिय मगर संस्कृति, झांकी र नाचमा रमाउन सकिन्छ। तर, प्रचारको अभावमा स्वर्गद्धारी आउने पर्यटकहरुलाई धनवाङ्ग घरवास कार्यक्रम‘होमस्टे’ले आकर्षण गर्न सकेको छैन।

स्थानियवासी समाजसेवी विर वहादुर पुनले प्रचारप्रसारको कारण होमस्टे अपेक्षा गरेजस्तो नहुँदा आनिवानी परिवर्तन र सरसफाई अभियानको निरन्तरतामा समेत यसको प्रभाव देखिन थालेको वताउनु भयो। “जुनसुकै अभियान सफल वनाउन जनताको आयआर्जन राम्रो हुनुपर्छ। आम्दानी निरन्तरता नभए अभियानमा पनि प्रभाव पर्छ।” पुनले भन्नुभयो।

पर्यटन वोर्ड र वर्डा कार्यलयको लगानिमा पर्यटकहरुलाई केन्द्रित गरेर सामुदायीक भवन निर्माण भएको छ। पर्यटन वोर्डको ४ लाख र वर्डा कार्यालयको ६ लाख लगानिमा सभाहल सहितको भवन वनेको स्थानिय विर वहादुर पुनले वताउनुभयो।
धनवाङ्गको होमस्टेको स्थायित्व र निरन्तरताका लागी स्वर्गद्धारी आउने पर्यटकहरुलाई आकर्षण गर्नुपर्ने धनवाङ्गको सरसफाई अभियानको लामो समयदेखि रिपोर्टीङ गरिरहेका पत्रकार गिरुप्रसाद भण्डारीले वताउनु भयो। सभाहल सहितको सामुदायिक भवन वनेकाले सेमिनार, गोस्ठि, वैठक र तालिमको प्याकेजहरु वनाएर सञ्चालन गर्नसके सञ्चालनमा सहजता आउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले वताउनु भयो।

धनवाङ्गवासीले सरसफाई अभियानलाई निरन्तरता दिन मासिक वैठक, अनुगमन र सुझाव लगायतका कार्यक्रमलाई अगाडि वढाईरहेका छन्।

प्रतिकृया दिनुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...