News Portal

रेडियो सुन्नुहोस्

“किनकि स्वस्थ्य अमुल्य छ”

डा.राजन नेपाल२०७८ भाद्र १८
१११८ पटक
२०७८ भाद्र १८

जीवनको एउटा गोरेटोमा म र मेरा  उद्देश्यहरु एक साथ लावा लस्करका साथ आगाडि  बड्दै छन् । कतै बाटो बिराय भने ! भन्ने डर न भाको पनि होइन । उद्देश्यलाई पुर्ती गर्ने होडबाजीमा कतै  पछाडि परिने त होइन । खुट्टा तान्ने र खुट्टा भाच्ने प्रवृत्ति सङ्ग म पक्कै डराएको छु तरपनी म गोर्खाली हु भन्दै नवीन क्रान्तिकारी सोचका साथ आफ्ना इच्छा र अभिलाषालाई बिउताउदै स्वस्थ्य क्रान्तिमा होमिन पुगे छु । किनकि म चाहन्छु परिबर्तन र परिबर्तित स्वस्थ्य छेत्र ।

सिन्धुपाल्चोक देखी काठमाडौं सम्म ,काठमाडौं देखी पश्चिम् सम्म आई पुग्दा मेरो जिवनका पाना हरुमा केहि पानाहरु भरिय ,केहि अधुरो नै रहे ,केहि च्यातिय। तर नि: स्वार्थ भावना बाेकी स्वस्थ्य क्रान्तिको बिउ रोपि ति राता माटाले यस धर्तीलाई पोत्दै ,क्रान्तिका गुच्छाले धर्तीलाई सिँगार्दै ,नदि नालाको सफा पानी झै प्रत्यक धान का गहरामा अबस्थित धान बालालाई चुम्बन गर्न पुगे झैं ,आज म अतितका स्मृतिहरु संग रमाउदै ,संघर्ष रूपी जीवनलाई आत्मसात गर्दै ,स्वस्थ्यका भावनाहरु सँग होस्टेमा हैँसे गर्दै प्रत्यक नेपालीहरुको छाप्रोमा स्वस्थ्यको दीप प्रजनन गर्दै हिडिरहेको छु । त्यसैले त म गर्व का साथ भन्छु ,म हु एक स्वस्थ्यकर्मी ।

 

कयौं बर्ष देखी मेरा कानमा गुन्जिरहेका ती शब्दहरु

ए डाक्टर बाबु लैान च्वाट्टै बनाउनु परो । ए डाक्टर बाबु लौन ओखती लेखिदिनु परो । ए डाक्टर बाबु लैान घर खेत सबै बेचेर आको ,लौन निको बनाउनु परो। ए बाबु यो दमलाई डाँडा कटाउनु परो। यी शब्दहरु मेरा लागि मार्गदर्शक भनेका छन । अनि  घन्टाैसम्म टाेलाउदै भन्ने गर्दछु । म मेरो सङ्घर्स  ,स्वस्थ्य प्रती लगनशीलता ,स्वस्थ्य क्रान्ति को नारा अखिर के का लागि ?

 

हो म स्वस्थको नारा कोर्ने मान्छे ,दुखी गरिबको घाउमा मलम लगाउने मान्छे । म कपट पक्कै होइन ,म गाजा भाङ्ग धतुरो सेवन गर्ने मान्छे पक्कै होइन ,बर्खा झरीको पानिले मेरो स्वस्थ नारा पक्कै भिझाउने छैन । म त स्वास्थ्यको इट्टाले प्रत्यक गरिबको छाप्रो छाउने मान्छे । भाेलिपल्ट बिहान ईस्नान गरि ठिक ९ बजे OPD

टेबलमा बसि मिठो मुस्कानका साथ ;आमा कहाँ दुख्छ तपाईंलाइ  ? बा के छ तपाईंको सम्मया ? आमा बा यो ओखति खानुस है भन्दै दिन चर्या सुरु गरेको पनि आज कयौं बर्ष बितेछन् र बित्दै जाने छन् ….

 

भुकम्पले छेती पुराएको देश हाम्रो नेपाल ।स्वस्थ्व छेत्रमा पिछडिएकाे देश हाम्रो नेपाल ।राजनितिक  छेत्रमा  प्रायजसो उथलपुथल भइरहने देश हाम्रा नेपाल । तसर्थ आजको आबस्यकता स्वस्थ र खुशी जीवन शैली ,यी कुराहरु शब्दमा मात्र सिमित नराखेर  बेबहारमा उतार्ने कम्मर कसौं । एक स्वस्थ र सकृय जीवन शैली बनाउन आज बाट अगाडि बढाउ। उचित आहरा र ब्यायममा ध्यान दिउ ।

 

एक स्वस्थ बानी र उचित पोशणलाई  आत्मसात गर्दै अगाढि बधौ ।मानव शरीरका प्रणालीहरुलाई बेबस्थापन गर्न उचित आहरा ,नियमित ब्यायम चेकजाँचलाई तिब्र गतिमा अगाडि बडाउ । स्वस्थ्य नै जीवन हो भन्ने मुल नाराका साथ नेपालको प्रत्यक ग्रामिण भेगमा स्वस्थ्य को पहुँच बढाउ ।प्रत्यक गाउ गाउमा नवीन स्वस्थको प्रणाली अपनाउ ।परिबर्तन पक्कै सम्भाव छ ।आफुले नियमित प्रयोग गर्ने आहरामा बिशुध्धता भन्दा पनि शुद्धतालाई  अगाढी बढाउ। स्वस्थ नै धन हो भन्ने मुल नारा का साथ आफ्नो घरपरिवार हुँदै समाज हुँदै राष्ट्र लाई स्वस्थ्य छेत्रमा बिकास गरौ ।

सङ्कल्पको कमि हुन नदिउ। आधुनिक जीवन सैलिलाई आत्मसाथ गर्दै ,योग ,खेलकुद र स्वस्थ्य छेत्रमा विशेष जोड दिई आफू सुरक्षित बनेर देशलाई पनि सुरक्षित बनाउ। जय देश ।

प्रतिकृया दिनुहोस्

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...