News Portal

रेडियो सुन्नुहोस्

प्यूठान कांग्रेसमा को बन्ला सभापती

वडा तहमा भोलि निर्वाचन हॅुदै

झुलेनी नेटवर्क२०७८ भाद्र २१
२४५७ पटक
२०७८ भाद्र २१

नेपाली कांग्रेसको आगामी कार्यकालको नेतृत्वको लागि मंगलवार वडा तहमा निर्वाचन हुदैछ । वडामा हुने निर्वाचनले जिल्लाको नेतृत्व छनोटका लागि मतदान गर्ने क्षेत्रिय प्रतिनिधी समेत निर्वाचित गर्छ । यसले गर्दा नेपाली कांग्रेस प्यूठानको जिल्ला नेतृत्वको प्रतिष्पर्धामा रहेका दुवै पक्षले आ-आफ्नो प्रतिनिधि बढी पठाउन कसरत गरेका छन् ।

नेपाली कांग्रेस प्यूठानको जिल्ला तहको नेतृत्व चयनका लागि आगामि असोज ५ गते अधिवेशन हुदैछ । माथिल्लो तहको पार्टी नेतृत्वमा पुग्न वडा तहमा प्रतिनिधि निर्वाचित हुनैपर्ने व्यवस्था रहेकाले पनि नेपाली कांग्रेसको वडा अधिवेशनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यसले गर्दा कांग्रेका नेताहरु सबै आआफ्नो वडामा पुगेर लबिङमै व्यस्थ छन् । वडा तहको निर्वाचन सम्पन्न भएसंगै २७ गते स्थानीय तहमा, असोज १ गते क्षेत्रीय र ५ गते जिल्ला तहमा अधिवेशन सम्पन्न हुदैछ ।

जिल्ला पार्टीको नवौँ सभापती पदका लागि २ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । पार्टी सभापती शेरवहादुर देउवा पक्षवाट शिवराज रिजालले उम्मेद्वारी घोषणा गरेका छन । संस्थापन ईतर पक्षवाट विष्णुकुमार गिरीले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको पूर्व सचिव रहेका शिवराज रिजाल यसअघिको अधिवेशनमा सभापतीमा पराजित भएका थिए ।

विष्णुकुमार गिरी वर्तमान कार्य समितिका सचिव हुन् । रिजाल नौवहिनी गाउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गिरी गौमुखी गाउँपालिकाको अध्यक्ष हुन् । रिजालले नेकपा (माओवादी केन्द्र)संगको चुनावी तालमेलमा अध्यक्ष निर्वाचित भएका थिए । भने गिरी तालमेल विनै निर्वाचित भएका थिए ।

जिल्लामा १ सभापती, २ उपसभापती, २ सचिव, २ सहसचिव निर्वाचित हुनेछन् भने कोषाध्यक्ष सभापतीले मनोनित हुने व्यवस्था रहेको छ । नेपाली कांग्रेस प्यूठानको यसपालिको निर्वाचनमा नेतृत्व चयनका लागि ६४ वडावाट निर्वाचित भएका १ हजार १ सय ३६ जना प्रतिनिधीले मतदान गर्दैछन् । जिल्लाका ६२ वडावाट १७-१७ जनाका दरले साथै प्यूठान न.पा. ७ वाट ५७ र ८ वाट २६ जनाले प्रतिनिधिको रुपमा जिल्लाको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

नौवहिनी गाउँपालिकावाट १ सय ३६ जना, सरुमारानी गाउँपालिकावाट १ सय २ जना, ऐरावती गाउँपालिकावाट १ सय २ जना माण्डवी गाउँपालिकावाट ८५ जना स्वर्गद्धारी नगरपालिकावाट १ सय ५३ जना, प्यूठान नगरपालिकावाट २ सय १९ जना, मल्लरानी गाउँपालिकावाट ८५ जना, झिमरुक गाउँपालिका वाट १ सय ३६ जना र गौमुखी गाउँपालिकावाट १ सय १९ जना प्रतिनिधीहरु निर्वाचित हुने नेपाली काग्रेस प्यूठानका पार्टी सभापती अमरप्रसाद भण्डारी जानकारी दिए ।

कांग्रेस प्यूठानमा ८ जनाले जिल्लाको नेतृत्व गरिसकेका छन् । अनिरुद्र शर्मा, शिवराज सुवेदी, दिवाकर गौतम, सालिकराम पण्डित, मुक्तीप्रसाद शर्मा, कृष्ण प्रपन्न सुवेदी, सुवास के.सी. र अमरप्रसाद भण्डारीले नेतृत्व गरेका छन् । त्यसमध्य अनिरुद्र शर्मा र शिवराज सुवेदीको मृत्यु भईसकेको छ । कांगेस सोत्रका अनुसार सालिकराम पण्डित वाहेक अरु पूर्व सभापतिहरु पौडेल पक्षका मानिन्छन् ।

कृष्णप्रपन्न सुवेदी हाल अमेरीकामा छन् । नेपालि कांग्रेसको जिल्लाका भातृ संगठनहरुमध्य तरुण दलका अध्यक्ष, महिला संघका अध्यक्ष र ट्रेड युनियन काँग्रेसका अध्यक्ष शिवराज रिजालको नजिक रहेको छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष र दलित संगठनका अध्यक्ष विष्णुकुमार गिरीका नजिक मानिन्छन् । वर्तमान कार्यसमितिको नेतृत्वमध्य आफैसंगको अघिल्लो निर्वाचनमा पराजित भएका शिवराज रिजाललाई जिताउने भुमिकामा वर्तमान सभापती अमरप्रसाद भण्डारी हुने छैनन् ।

जिल्ला उपसभापती वद्री लम्साल र कोषाध्यक्ष धनेश्वर भण्डारीको शिवराज रिजाललाई र सचिव देवेन्द्र व्रह्माको विष्णुकुमार गिरी लाई साथ हुनेछ । २०६४ सालका संविधानसभा सदस्यका पदका उम्मेद्वार मुक्तीप्रसाद पोख्रेलको साथ विष्णुकुमार गिरीले पाउने छन् । २०७० को संविधानसभामा नेपाली कांग्रेसवाट उम्मेद्वार वनेकी धनलक्ष्मि श्रेष्ठ शिवराज रिजाललाइ जिताउन खुलेर लागेकी छन् । यस्तै हाल कांग्रेसको क्षेत्र नं २ का सभापती रोज राणाले शिवराज रिजाललाई सहयोग गर्ने छन् । भने क्षेत्र नं १ का सभापती टेकप्रसाद भण्डारी विष्णुकुमार गिरीलाई सहयोग गर्दैछन् ।

डाक्टरलाई संकट
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको केन्द्रिय सदस्य पदका उम्मेद्वार एवं प्रतिनिधीसभा सदस्यका उम्मेद्वार डा. गोविन्दराज पोख्रेल धर्मसंकटमा छन् । नेपाली कांग्रेस प्यूठानको राजनीतिमा विशेष प्रभाव राख्ने पोखरेल.पार्टीको केन्द्रिय अधिवेशन र आगामि निर्वाचनमा पार्टीको जिल्ला अधिवेशनले पार्नसक्ने प्रभावको संभावित परिणामको आकलन गर्दै हस्तक्षेपकारी भुमिका निर्वाह नगरेको उनिपक्षकै नेताहरुको आकलन छ ।

संस्थापन ईतर (शेखर कोईराला) पक्षको मानिने डा.पोख्रेल विष्णुकुमार गिरी नजिक मानिन्छन् । एक पक्षलाई वोक्दा पछिको निर्वाचनमा अप्ठ्यारो पर्नसक्ने जोखिम डाक्टरलाई छ । जिल्लामा शाझा नेता वन्नका लागि डा.पोख्रेलले गुटवन्दिभन्दा माथि उठेर शाझा भुमिका निर्वाह गर्नुपर्ने उनिमाथी दवाव रहेको कांग्रेस नेताहरु वताउ“छन् । आफ्नो गुटको जिल्ला सभापती वनाउन खोज्दा नेपाली कांग्रेसको केन्द्रिय सदस्य र आगामि प्रतिनिधी सभाको लागि संभावित उम्मेद्वारको रुपमा हेरीएका डा. त्यतिवेला अर्को समुहको घेरावन्दी हुन सक्ने भएकाले उनले सर्वसम्वत सभापती बनाउने कोशिस गरेपनि यो समाचार तयार पार्दासम्म सफल भएका छैनन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...