News Portal

रेडियो सुन्नुहोस्

५ हजार बढी सवारी कारवाहीमा ३१ लाख राजश्व संकलन

सुजाता थापा क्षेत्री२०७८ भाद्र २९
१५७९ पटक
२०७८ भाद्र २९

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले गत आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख २३ हजार ५ सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने ५ हजार २ सय सवारी तथा चालकलाई कार्वाही गरि राजस्व संकलन गरेको हो । कार्वाहिमा पर्ने सवारी साधन मध्य सबैभन्दा बढी मोटरसाइकल चालक, जिप, ट्रक तथा टिप्पर, ट्रयाक्टर, बस तथा अन्य सवारी साधन चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक मधु थापाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कार्तिक महिनामा ६ सय ५० सवारी कार्वाहीबाट ३ लाख ७५ हजार ५ सय राजस्व संकलन भएको थियो । सबैभन्दा कम जेठ महिनामा १ सय सवारी कार्वाही परेका छन् जसबाट ६८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

२ हजार २ सय ४१ मोटरसाइकल चालक कार्वाही वापत १४ लाख १४ हजार ५ सय राजस्व उठेको छ । यसैगरी १ हजार ४ सय ७४ जिप कार्वाही वापत ७ लाख ९७ हजार, ४ सय ९४ ट्रक तथा टिप्पर कार्वाही वापत ३ लाख ३३ हजार ५ सय, ३ सय ८२ ट्रयाक्टर कारवाही वापत २ लाख १२ हजार, २ सय १७ बस कारवाही वापत १ लाख २० हजार ५ सय र ३ सय ९२ अन्य सवारी साधन कारवाही वापत २ लाख ४६ हजार राजस्व संकलन भएको छ ।

चालू आर्थिक वर्षको साउन महिनामा १ सय ९८ सवारी साधन कारवाही वापत १ लाख ९ हजार राजस्व संकलन गरिएको समेत थापाले जानकारी दिए । सवारी कार्वाहीमा पर्नेहरुमध्ये हेलमेट नलगाउने, ट्राफिक नियमको पालना नगर्ने, मापदण्ड भन्दा बढी यात्रु बोक्ने, लाइसेन्स तथा ब्लु बुक साथमा नराख्ने छन् । त्यसैगरी सवारी साधनको अवस्था, निषेधित क्षेत्रमा पार्किङ गर्ने, नं. प्लेट देखिने गरी नराखेको लगायतका कारवाही शिर्षकहरुमा राजस्व संकलन गरिएको हो ।

ट्राफिक प्रहरीले सवारी कार्वाही बाहेक बिभिन्न जनचेतनामुलक कार्यहरु पनि गर्दै आएको छ । मास्क वितरण गर्ने, बजारमा किनमेल गर्दा सामाजिक दुरी कायम गराउन सहयोग गर्ने, सेनिटाइजर वितरण गर्ने तथा कोभिड सम्बन्धी समस्याबाट जोगिन र बच्नका लागि आवश्यक सावधानीबारे सचेतामुलक कार्यक्रहरु कार्यालयले गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...