News Portal

रेडियो सुन्नुहोस्

५ हजार बढी सवारी कारवाहीमा ३१ लाख राजश्व संकलन

सुजाता थापा क्षेत्री२०७८ भाद्र २९
१०१७ पटक
२०७८ भाद्र २९

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले गत आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख २३ हजार ५ सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने ५ हजार २ सय सवारी तथा चालकलाई कार्वाही गरि राजस्व संकलन गरेको हो । कार्वाहिमा पर्ने सवारी साधन मध्य सबैभन्दा बढी मोटरसाइकल चालक, जिप, ट्रक तथा टिप्पर, ट्रयाक्टर, बस तथा अन्य सवारी साधन चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक मधु थापाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी कार्तिक महिनामा ६ सय ५० सवारी कार्वाहीबाट ३ लाख ७५ हजार ५ सय राजस्व संकलन भएको थियो । सबैभन्दा कम जेठ महिनामा १ सय सवारी कार्वाही परेका छन् जसबाट ६८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

२ हजार २ सय ४१ मोटरसाइकल चालक कार्वाही वापत १४ लाख १४ हजार ५ सय राजस्व उठेको छ । यसैगरी १ हजार ४ सय ७४ जिप कार्वाही वापत ७ लाख ९७ हजार, ४ सय ९४ ट्रक तथा टिप्पर कार्वाही वापत ३ लाख ३३ हजार ५ सय, ३ सय ८२ ट्रयाक्टर कारवाही वापत २ लाख १२ हजार, २ सय १७ बस कारवाही वापत १ लाख २० हजार ५ सय र ३ सय ९२ अन्य सवारी साधन कारवाही वापत २ लाख ४६ हजार राजस्व संकलन भएको छ ।

चालू आर्थिक वर्षको साउन महिनामा १ सय ९८ सवारी साधन कारवाही वापत १ लाख ९ हजार राजस्व संकलन गरिएको समेत थापाले जानकारी दिए । सवारी कार्वाहीमा पर्नेहरुमध्ये हेलमेट नलगाउने, ट्राफिक नियमको पालना नगर्ने, मापदण्ड भन्दा बढी यात्रु बोक्ने, लाइसेन्स तथा ब्लु बुक साथमा नराख्ने छन् । त्यसैगरी सवारी साधनको अवस्था, निषेधित क्षेत्रमा पार्किङ गर्ने, नं. प्लेट देखिने गरी नराखेको लगायतका कारवाही शिर्षकहरुमा राजस्व संकलन गरिएको हो ।

ट्राफिक प्रहरीले सवारी कार्वाही बाहेक बिभिन्न जनचेतनामुलक कार्यहरु पनि गर्दै आएको छ । मास्क वितरण गर्ने, बजारमा किनमेल गर्दा सामाजिक दुरी कायम गराउन सहयोग गर्ने, सेनिटाइजर वितरण गर्ने तथा कोभिड सम्बन्धी समस्याबाट जोगिन र बच्नका लागि आवश्यक सावधानीबारे सचेतामुलक कार्यक्रहरु कार्यालयले गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

स्थानीय तहको उपचुनावका लागि २५ दल दर्ता

मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन २५ दल दर्ता भएका...

हराए गोरु, भित्रिए गाउँमै मिनिटिलर

परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरी क्षेत्रबाट कृषिमा यान्त्रीकरण ग्रामीण...

वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको नेकपा बहुमतको आरोप

बैंक तथा वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले यो कार्यलाई तत्काल...

सात ईलाकामा एकैदिन विजय फूलबारीको साधारणसभा सम्पन्न

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभा सम्पन्न भएको छ । सहकारीले...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को...