News Portal

रेडियो सुन्नुहोस्

नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट खगुलाल गुरुङको निधन

झुलेनी नेटवर्क२०७८ असौज ३
९३७ पटक
२०७८ असौज ३

नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङ आइतवार बिहान ७ बजे लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछी उनी थप उपचारका लागि प्यूठान अस्पतालबाट केहि दिनअघी बुटवल रिफर गरीएको थियो ।

गुरुङलाइ आइतवार दिउँसोसम्म प्यूठान ल्याइने नाति विकास गुरुङले जानकारी दिए । उनका अनुसार सोमवार नारीकोटमा गुरुङ परम्पराअनुसार दाह संस्कार गरीनेछ । विसं १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा (हाल गौमुखि गाउँपालिकाको रजवारामा ) जन्मेका गुरुङ नेपालका कम्युनिष्ट नेताहरुमध्ये उमेरमा सबैभन्दा पाका नेता हुन् । गुरुङ यहि भदौ २५ गते १०४ वर्ष पुगेका हुन् ।

विसं. २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी गुरुङ नेपाल कम्युनिष्ट पार्टी प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य हुन् । खगुलाल २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार थिए ।

प्युठानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा मुक्ति सेनाका कमान्डर गुरुङ कम्युनिष्ट आन्दोलनका निष्ठावान नेताका रुपमा परिचित छन । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेको थियो । त्यसैगरी प्युठानमा चलेको किसान आन्दोलनमा उनको महत्त्वपूर्ण भूमिका रहेको भनी चर्चामा थिए । संविधान दिवसका अवसरमा गतवर्ष लुम्बिनि प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख) बाट गुरुङ सम्मानित भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...