News Portal

रेडियो सुन्नुहोस्

नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट खगुलाल गुरुङको निधन

झुलेनी नेटवर्क२०७८ असौज ३
१२६३ पटक
२०७८ असौज ३

नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङ आइतवार बिहान ७ बजे लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछी उनी थप उपचारका लागि प्यूठान अस्पतालबाट केहि दिनअघी बुटवल रिफर गरीएको थियो ।

गुरुङलाइ आइतवार दिउँसोसम्म प्यूठान ल्याइने नाति विकास गुरुङले जानकारी दिए । उनका अनुसार सोमवार नारीकोटमा गुरुङ परम्पराअनुसार दाह संस्कार गरीनेछ । विसं १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा (हाल गौमुखि गाउँपालिकाको रजवारामा ) जन्मेका गुरुङ नेपालका कम्युनिष्ट नेताहरुमध्ये उमेरमा सबैभन्दा पाका नेता हुन् । गुरुङ यहि भदौ २५ गते १०४ वर्ष पुगेका हुन् ।

विसं. २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी गुरुङ नेपाल कम्युनिष्ट पार्टी प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य हुन् । खगुलाल २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार थिए ।

प्युठानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा मुक्ति सेनाका कमान्डर गुरुङ कम्युनिष्ट आन्दोलनका निष्ठावान नेताका रुपमा परिचित छन । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेको थियो । त्यसैगरी प्युठानमा चलेको किसान आन्दोलनमा उनको महत्त्वपूर्ण भूमिका रहेको भनी चर्चामा थिए । संविधान दिवसका अवसरमा गतवर्ष लुम्बिनि प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख) बाट गुरुङ सम्मानित भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...