News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

झुलेनी नेटवर्क२०७८ असौज ४
९४६ पटक
२०७८ असौज ४

माण्डवी गाउँपालिका प्यूठानले आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले गत आ.व.मा सम्पन्न योजना र विकास गतिविधिबारे सेवाग्राहीबिच सुनुवाई गरेको हो । गाउँपालिकाको आयोजना र भुलेनी युनाइटेड नेटवर्क प्रा.लि.को सहजीकरणमा देविस्थानमा सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरीएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले गत आ.व.मा सञ्चालन गरीएका योजना र गतिविधि बारे प्रगति प्रतिवेदन पेश गरेका थिए । सहजीकरण गर्ने निकाय झुलेनी नेटवर्कले सुनुवाई कार्यक्रममा वर्हिगमित अभिमत र नागरिक प्रतिवेदन पेश गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाले गरेका गतिविधि, शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेका गतिविधि, जनयुद्धका शहिद परिवार र घाइतेहरुको बाध्यता, गाउँपालिकाले कृषकहरुलाई दिने अनुदान, चिस्यान केन्द्रको ब्यवस्थापन, महिला सहकारी व्यवस्थापन लगायत विविध विषयमा सेवाप्रदायकलाई सेवाग्राहीले आम्ने साम्ने जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सेवाग्राहीबाट सोधिएका प्रश्न र जिज्ञासाबारे गाउँपालिका अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले स्पष्ट पारेका थिए । नेटवर्कका एलबी थापाले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षता र वडा नं. २ का अध्यक्ष तुल बहादुर थापाले स्वागत मन्तब्य दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...