News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : चेरनेटामा नगरपालिकाको स्वागत गेट

झुलेनी नेटवर्क२०७८ असौज ५
१७२९ पटक
२०७८ असौज ५

प्यूठान नगरपालिकाले माण्डवी गाउँपालिकाको सीमाना चेनेटामा स्वागत गेट निर्माण गरेको छ । दुई वर्ष पहिले उपभोक्ता समिति मार्फत ५ लाख ५० हजार खर्च गरेर निर्माण गरेको गेटमा नगरपालिका भित्रका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरुको तस्बिर राखिएका छन् । चेरनेटामा आएर यो गेट अवलोकन गर्ने पाहुनाहरुका लागि नगरपालिका भित्र घुम्ने स्थानहरुको चिनारी गेटले गराएको छ ।

गेटले नगरपालिकाको पहिचाहन झल्काएको छ । नगरपालिका भित्रको मुख्य पर्यटकीय गन्तव्य भित्रीकोट दरबार, ऐतिहासीक स्थल डल्ले सराय, झुलेनी, बाइसमुल बाइससधारा, कालिका मन्दिर, सिद्ध गुप्फा, गाजुरीको शहिद पार्क लगायत पर्यटकीय स्थलहरुको तस्बिर गेटमा राखिएका छन् । नगरपालिकाले पहिचाहन गरेर राखेका पर्यटकीय स्थलहरुमा पर्यटकीय पूर्वाधार निर्माणमा पनि नगरपालिकाले ध्यान दिनुपर्ने हुन्छ । पाहुनालाई त्यहाँ पुग्न लोभ्याउने पुग्दा सन्तुष्ट गराउन सकिएन भने राम्रो हुँदैन ।

गेटमा तस्बिर राखिएका पर्यटकीय स्थलहरुमा पछिल्ला केहि वर्ष यता देखि पर्यटकीय पूर्वाधार निर्माणका काम संघ, प्रदेश र स्वयम नगरपालिबाट भइरहेका छन् । पूर्वाधार निर्माण हु“दा कस्तो बनेको छ । गुणस्तर कस्तो छ भन्ने विषयमा नगरपालिका चनाखो हुनुपर्छ ।
प्यूठान नगरपालिका बाहेक जिल्ला अन्य स्थानीय तहरुले प्रवेशद्धार (सिमा क्षेत्रमा) गेट निर्माण गरेका छैनन् । यसरी दुई स्थानीय तहरुको सीमानामा प्रवेशद्धार (स्वागत गेट निर्माण गर्दा सीमा जोडीएको छिमेकी स्थानीय तहसंगको साझेदारीमा निर्माण गर्दा खर्च कम हुन सक्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...