News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : चेरनेटामा नगरपालिकाको स्वागत गेट

झुलेनी नेटवर्क२०७८ असौज ५
९८६ पटक
२०७८ असौज ५

प्यूठान नगरपालिकाले माण्डवी गाउँपालिकाको सीमाना चेनेटामा स्वागत गेट निर्माण गरेको छ । दुई वर्ष पहिले उपभोक्ता समिति मार्फत ५ लाख ५० हजार खर्च गरेर निर्माण गरेको गेटमा नगरपालिका भित्रका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरुको तस्बिर राखिएका छन् । चेरनेटामा आएर यो गेट अवलोकन गर्ने पाहुनाहरुका लागि नगरपालिका भित्र घुम्ने स्थानहरुको चिनारी गेटले गराएको छ ।

गेटले नगरपालिकाको पहिचाहन झल्काएको छ । नगरपालिका भित्रको मुख्य पर्यटकीय गन्तव्य भित्रीकोट दरबार, ऐतिहासीक स्थल डल्ले सराय, झुलेनी, बाइसमुल बाइससधारा, कालिका मन्दिर, सिद्ध गुप्फा, गाजुरीको शहिद पार्क लगायत पर्यटकीय स्थलहरुको तस्बिर गेटमा राखिएका छन् । नगरपालिकाले पहिचाहन गरेर राखेका पर्यटकीय स्थलहरुमा पर्यटकीय पूर्वाधार निर्माणमा पनि नगरपालिकाले ध्यान दिनुपर्ने हुन्छ । पाहुनालाई त्यहाँ पुग्न लोभ्याउने पुग्दा सन्तुष्ट गराउन सकिएन भने राम्रो हुँदैन ।

गेटमा तस्बिर राखिएका पर्यटकीय स्थलहरुमा पछिल्ला केहि वर्ष यता देखि पर्यटकीय पूर्वाधार निर्माणका काम संघ, प्रदेश र स्वयम नगरपालिबाट भइरहेका छन् । पूर्वाधार निर्माण हु“दा कस्तो बनेको छ । गुणस्तर कस्तो छ भन्ने विषयमा नगरपालिका चनाखो हुनुपर्छ ।
प्यूठान नगरपालिका बाहेक जिल्ला अन्य स्थानीय तहरुले प्रवेशद्धार (सिमा क्षेत्रमा) गेट निर्माण गरेका छैनन् । यसरी दुई स्थानीय तहरुको सीमानामा प्रवेशद्धार (स्वागत गेट निर्माण गर्दा सीमा जोडीएको छिमेकी स्थानीय तहसंगको साझेदारीमा निर्माण गर्दा खर्च कम हुन सक्छ ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...