News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विद्युत झ्याप्प झ्याप्प : उपभोक्तालाइ हैरानी

मधुसुधन पोख्रेल२०७८ असौज ६ प्यूठान
७३८ पटक
२०७८ असौज ६ प्यूठान

पछिल्लो समय प्यूठानमा बिद्युत आउने जाने समस्या धेरै बढेको छ । दैनिक ५० देखि ६० पटक सम्म विद्युत जान थाले पछि सेवाग्राहि हैरान भएका छन । बिद्युतबाट संचालन हुने विभिन्न उद्योग धन्दाहरु संचालन हुन नसकेको सेवाग्राहि बताउछन । बिद्युत मिनेट मिनेटमा जान थालेपछी व्यवसाय संचालनमा समस्या भएको प्यूठान नगरपालिका ३ व्यबसायी हेमन्त पाठकले बताए ।

प्युठानबाट उत्पादन हुने विद्युतले प्यूठान,रोल्पा,दाङ,अर्घाखाचिमा संचाल भएको छ । उत्पादन हुने विद्युत धेरै ठाउँमा विस्तार भएको हुनाले यस्तो समस्या भएको नेपाल विद्युत प्राधिकरण जुम्री वितरण केन्द्रका कार्यलय प्रमुख लोकबहादुर खड्काले बताए । पछिल्लो समय विद्युत जानुको मुख्य समस्या भनेको एउटा सवस्टेसनबाट धेरै ठाउँमा विद्युत विस्तार हुनु र अर्घाखाचिको विद्युत विस्तारले प्यूठानमा समस्या बढी देखिएको खड्का को भनाई छ ।

एकै ठाउँबाट विस्तार भएको विद्युत बर्खाको समयमा पहिरो जान्छ खड्काले भने “ एक ठाउँमा विग्रीयो भने सवै ठाउँ विद्युत अवरोध हुन्छ ।” पछिल्लो समय पावोर हाउसमै समस्या देखिएको खड्काले बताए । प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण भएको सवस्टेसन सञ्चालन गर्न पहल भइरहेको कार्याल्यले जनाएको छ । ‘पुराना पोल हटाएर नयाँ राख्ने काम भइरहेको छ,’ खड्काले भने,‘ दुइ तिन महिना पछी सवस्टेसनको काम सम्मपन्न भए बिद्युत आउनेजाने समस्या हल हुन्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...