News Portal

रेडियो सुन्नुहोस्

प्यूठान कम्युनिस्टमा छैन पुस्तान्तरण : घुमीफिरी उनै

गिरुप्रसाद भण्डारी२०७८ असौज १०
१२९२ पटक
२०७८ असौज १०

नेकपा मसालको चुनाबी मोर्चा रास्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष कृष्ण खड्काले पार्टी अध्यक्ष सम्हालेको २६ वर्ष बढी भयो । लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन भएको भए सम्भवत ६५ वर्षीय खड्का जेष्ठ कम्युनिस्ट मञ्चमा रहन्थे । पछि पार्टीको सल्लाहकार भएर काम गर्थे । तर, राजमोको नेतृत्व खड्काले नै वर्षौदेखि हाल सम्म सम्हालेका छन् ।

राजमोका अन्य पदाधिकारी पनि खड्काकै समकक्षीहरु धेरै छन् । नयाँ पुस्ता राजमोको कमिटिमा धेरै न्यून छन् । राजमोमा मात्र होइन प्यूठानका कम्युनिस्ट पार्टीहरु सबैको अवस्था राजमोको जस्तै छ । पुस्तन्तरण भएको छैन । वर्षौदेखि नेतृत्व परिवर्तन भएको छैन । जनवादी केन्द्रीयता अनुसार नेतृत्व परिवर्तन गरिन्छ कम्युनिस्टहरु भन्छन् । यस्तो प्यूठानमा छैन ।

तोकेर नेतृत्व चुनिदै आउने कुरा परम्परा जस्तै भएको छ । कम्युनिस्ट पार्टीमा ‘जसको नीति उसैको नेतृत्व भनिन्छ’ । तर, पछिल्ला वर्षहरुमा प्यूठानका कम्युनिस्ट पार्टीहरुमा यस्तो छैन । नविनतम विचार, संगठन गर्ने कुरा नेतृत्वमा भुत्ते खुकुरी जस्तै छ । केन्दीय नेतृत्वको आर्शिबाद जस्ले पाउ“छ उसैले जिल्लाको नेतृत्वको लागि टीका थाप्ने परम्परा भइसकेको छ ।

राजमोमा मात्र होइन नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा पनि नेतृत्व परिवर्तन वर्षौदेखि भएको छैन । जिल्ला अधिवेशन भएका छैनन् । एमाले माओबादी एकता अघि एमाले प्यूठानका अध्यक्ष तुलसिराम शर्मा र माओवादी केन्द्रको सेक्रेटरी कृष्ण अधिकारी (प्रकाश) थिए । हाल पार्टी अलग अलग भएपछि पनि उनै छन् । एकता हुँदा उनीहरु पार्टी अध्यक्ष र सचिब भए । अलग हुँदा पूरानै पदमा फर्के, फर्काइए । अहिले अलग हँुदा फेरीएको नयाँ परिस्थिति पनि यी दुई दलमा संगठनको महत्वपूणर् जिम्मेवारी उनीहरुले नै लिइरहेका छन् । अधिकारी २०६४ सालदेखि हालसम्म माओवादी केन्द्र प्यूठानको नेतृत्वमा छन् ।

नेकपा एमालेका अध्यक्ष तुलसीराम शर्मा पनि २०६८ सालदेखि निरन्तर नेतृत्वमा छन् । दुबै पार्टीमा आफूहरुलाई पूनः नेतृत्व गर्नमा समस्या नपर्ने गरि जिल्ला कमीटिमा आफ्ना मान्छे भर्ति गर्ने प्रवृति छ । उनीहरुको जोड् राम्रा भन्दा पनि आफ्नालाइ राख्नेमा छ । उनीहरुको भित्रि मनाय भनेको यिनीहरुले नै पछिसम्मै साथ दिउन भन्ने हो । निरन्तर नेतृत्व भइरहँदा पद नगुमोस, कमि कमजोरीमा अरुले नबोलुन, आवाज उठाउन नसकुन भन्ने चिन्तन हाल नेतृत्व गरीरहेकाहरुमा पाइन्छ । वर्षौ जिल्ला पार्टीको मूल नेतृत्व गरिहेका नेताहरु नै फेरी नेतृत्वमा दोहोरीने गरि हानथाप गरिहेको दृश्य प्यूठानका कम्युनिष्ट पार्टीमा छ ।

यस्तो प्रवृतीले पार्टी र व्यक्ति दुबैलाइ राम्रो गर्दैन । नेताहरु अर्को पुस्तालाई मुख्य जिम्मेवारी दिन कन्जुस्याइँ गरिहेका छन् । यस्तो गर्दा संगठन बलियो बन्दैन । वामपन्थी राजनीति विचारको उद्गम स्थल मानिने प्यूठानमा नयाँ पुस्तामा समक्ष नेतृत्व गर्ने नेताको कमी छैन । विद्यार्थी, युवा, अन्य जनवर्गिय संगठनको नेतृत्व गरेर पार्टीमा काम गरेका दर्जनौ युवा नेताहरु छन् । पार्टीको नेतृत्व पदाधिकारीमा रहेर काम गर्ने सक्ने नेताहरु छन् । तर, हाल नेतृत्व गरेकाहरुले आफूले बर्सौदेखि ओगटेको पद छाड्ने छाँटकाँट देखिदैन ।

नेताहरुले खाइपाई आएको अधिकार र शक्ति आफ्नै गुटका नेतालाइ समेत हस्तान्तरण गर्न तयार छैनन् । पद जोगाउन उनीहरु यतीसम्म लालयित छन की उनीहरुलाई दोस्रो पुस्ताले प्रश्न उठाएको समेत मन पराउदैनन् । उनीहरुको जस्ले भजन मण्डली गाउँछन् उनीहरुलाइ नै आएका केहि अवसरहरु प्रदान गर्ने गर्दछन् ।

कांगेसमा नयाँ पुस्ता

नेपाली कग्रेसको शनिबार भएको १४ औ गाउँ नगरपालिका अधिवेशनमा धेरै जसो स्थानीय तहमा युवा पुस्ता नेतृत्वमा आएका छन् । नौबहिनीमा देविराम पुन र सरुमारानीमा लक्ष्मण जिसी बाहेक सबै युवानै छन् ।

स्वर्गद्वारी नगरपालिकामा गिरबहादुर घर्तीमगर, प्युठान नगरपालिकामा नेत्र बहादुर के.सी., ऐरावती गाउंपालिकामा अमर रेश्मी मगर, माण्डवी गाउँपालिकामा प्रकाश अधिकारी, मल्लरानी गाउँपालिकामा रमेश श्रेष्ठ, झिमरुक गाउँपालिकामा मिनराज भट्टराइ, गौंमुखी गाउपालिकामा मधुराम केसी सबै ४० वर्ष उमेर समुहका निर्वाचित भएका छन् ।

यस्तै जिल्ला सभापति पदमा वर्तमान पार्टी सचिव विष्णु कुमार गिरी र निवर्तमान पार्टी सचिव शिवप्रसाद रिजालले सभापतिमा प्रतिस्पर्धा गर्दै छन् । दुबै युवा पुस्ताका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...