News Portal

रेडियो सुन्नुहोस्

ट्यांकरवाटै विच वाटोमा तेल चोरी हुने गरेको रहस्य खुल्यो

सिखबर संवाददाता१२ असार प्यूठान
१५५१ पटक
१२ असार प्यूठान

पोट्रोल पम्पका लागि नेपाल आयल निगम नेपालगञ्ज डिपोले पठाएकोभन्दा पम्पमा ३ सय २८ लिटर कम तेल आएसंगै विच वाटोमै ट्याङकरवाट पेट्रोलियम पदार्थ चोरी हुने गरेको रहस्य खुलेको छ। शोमवार योगि पेट्रोलपम्प जस्पुर प्यूठानमा आएको तेलमा ३ सय २८ लिटर कम परेपछी यसको रहस्य खुलेको हो।

मंगलवार यो घटनासंगै जिल्लाका पेट्रोल पम्प सञ्चालकहरुले ईलाका प्रशासन कार्यालय जस्पुरमा छानविनका लागि निवेदन दिएका छन्। “हामि पम्पमा कम पेट्रोल डिजेल आउने समस्या वाट पिडित थियौं। आज विच वाटोमै तेल निकाल्ने गरेको पत्ता पाएपछी ईलाका प्रशासन कार्यालय जस्पुर चकचकेमा निवेदन दिएका छौं।” पेट्रोलपम्प सञ्चालक दामोदर योगिले भने “चालकले तेल निकालेको स्विकार गरेको छ।”

जीवनदान आयल सप्लायर्सका सञ्चालक भेष वहादुर ढकाल, झिमरुक आयल सप्लायर्सका सञ्चालक जुमानसिंह जि.सी., योगि व्रदर्शका सञ्चालक दामोदर योगि र सरिता आयल स्टोरका सञ्चालक नरेश्वर लम्सालले संयुक्त रुपमा निवेदन दिएका हुन।

प्रहरिले ना ७ ख २८१३ नम्वरको ट्यांकरका चालक श्यामुराम लाबतलाई नियन्त्रणमा लिएको छ। घटनावारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका ईन्स्पेक्टर देवि पौडेलले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...