News Portal

रेडियो सुन्नुहोस्

ट्यांकरवाटै विच वाटोमा तेल चोरी हुने गरेको रहस्य खुल्यो

सिखबर संवाददाता१२ असार प्यूठान
१७३९ पटक
१२ असार प्यूठान

पोट्रोल पम्पका लागि नेपाल आयल निगम नेपालगञ्ज डिपोले पठाएकोभन्दा पम्पमा ३ सय २८ लिटर कम तेल आएसंगै विच वाटोमै ट्याङकरवाट पेट्रोलियम पदार्थ चोरी हुने गरेको रहस्य खुलेको छ। शोमवार योगि पेट्रोलपम्प जस्पुर प्यूठानमा आएको तेलमा ३ सय २८ लिटर कम परेपछी यसको रहस्य खुलेको हो।

मंगलवार यो घटनासंगै जिल्लाका पेट्रोल पम्प सञ्चालकहरुले ईलाका प्रशासन कार्यालय जस्पुरमा छानविनका लागि निवेदन दिएका छन्। “हामि पम्पमा कम पेट्रोल डिजेल आउने समस्या वाट पिडित थियौं। आज विच वाटोमै तेल निकाल्ने गरेको पत्ता पाएपछी ईलाका प्रशासन कार्यालय जस्पुर चकचकेमा निवेदन दिएका छौं।” पेट्रोलपम्प सञ्चालक दामोदर योगिले भने “चालकले तेल निकालेको स्विकार गरेको छ।”

जीवनदान आयल सप्लायर्सका सञ्चालक भेष वहादुर ढकाल, झिमरुक आयल सप्लायर्सका सञ्चालक जुमानसिंह जि.सी., योगि व्रदर्शका सञ्चालक दामोदर योगि र सरिता आयल स्टोरका सञ्चालक नरेश्वर लम्सालले संयुक्त रुपमा निवेदन दिएका हुन।

प्रहरिले ना ७ ख २८१३ नम्वरको ट्यांकरका चालक श्यामुराम लाबतलाई नियन्त्रणमा लिएको छ। घटनावारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका ईन्स्पेक्टर देवि पौडेलले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...