News Portal

रेडियो सुन्नुहोस्

पाकेको धानवाली वर्षाले नष्ट : किसान मर्कामा (फोटो फिचर)

एलबी थापा२०७८ कार्तिक १, प्यूठान
५४४ पटक
२०७८ कार्तिक १, प्यूठान

खेतमा पाकेर भित्र्याउने बेला भएको धान बालीमा वर्षाले क्षति पुर्याएको छ । पाकेको धान बालिमा क्षति पुगेपछि जिल्लाका किसान चिन्तित भएका छन् । गएरातिदेखि लगातारको वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेका छन् । धान झाटेर ट्याक्टरमा ओसार्ने तयारिमा बोरामा राखेको धानमा समेत क्षति पुगेको छ । झाट्नका लागि खर्याइ बनाएको धानमा पनि वर्षाले क्षति पुर्याएको हो ।

खेतका गराभरि पानी जम्मा हुदा धानमा क्षति भएको हो । भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि आफुहरु मर्कामा परेको गौमुखि गाउँपालिकाका किसान रुमानसिंह कुवरले बताए । ‘धानको बोट ठाडो एउटा पनि छैन, सबै ढलेको छ, खेतैभरि पानी जम्मा भएको छ’, उनले भने, ‘२/४ दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदियो ।’

वर्षाले झिमरूक फाटसहित जिल्लाको झिमरूक गाउपालिका, गौमुखि गाउपालिका, माण्डवि गाउपालिका, ऐरावति गाउपालिका लगायतका ठाउमा धान खेतमा क्षति पुर्याएको खवर छ ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...