News Portal

रेडियो सुन्नुहोस्

खोलाले बगाउँदा १ को मृत्यु, २ बेपत्ता

झुलेनी नेटवर्क२०७८ कार्तिक ३, प्यूठान
५७६ पटक
२०७८ कार्तिक ३, प्यूठान

सोमबारदेखि परेको अविरल वर्षा पछि आएको बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

माण्डवी गाउँपालिका स्थित अरङखोलामा आएको बाढीले बुधबार विहान बगाउँदा माण्डबी ४ आपचौर निबासी २८ वर्षीय देवीसरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको शव माण्डवी–२ ढिकावनमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी शुनिल मल्लले जानकारी दिए । उनका दुई बर्षिय छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीको ८ बर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता छन् ।

सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताहरुको खोजीकार्य भइरहेको मल्लले जानकारी दिए । सोमबार देखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदिहरुमा पानीको बहाव बढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...